१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

धान उत्पादनमा वृद्धि



अ+ अ-

वीरगञ्ज । मौसमको अनुकूलता, समयमा बीउबिजन मलखादको उपलब्धता र समयमा पानी परेका कारण बारा जिल्लामा गत वर्षको तुलनामा यसवर्ष १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्र बाराका अनुसार चालु आर्थिक वर्ष २०७५र७६ मा यस जिल्लाको ६२ हजार ७०० हेक्टर क्षेत्रफलमा तीन लाख ३९ हजार १६७ दशमलव ८५ मेट्रिक टन धान उत्पादन भएको छ । उक्त आँकडा गतवर्ष भन्दा ९५ हजार ९८५ मेट्रिक टनले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा बारा जिल्लाका ६२ हजार २९५ हेक्टर क्षेत्रफलमा चैतेधान, भदैया र अगहनी धानको खेती गरिएकामा दुई लाख ४३ हजार १८२ दशमलव सात मेट्रिक टन धान उत्पादन भएको थियो ।

तथ्याङ्क हेर्दा अघिल्लो वर्ष बाराका किसानले १२ हजार ११० हेक्टरमा ६५ हजार १५१ मेट्रिक टन चैते धान, १२ हजार १६० हेक्टरमा ५१ हजार ५५८ दशमलव चार मेट्रिक टन भदैया धान र ३८ हजार ३२५ हेक्टरमा १२६ हजार ४७२ दशमलव पाँच मेट्रिक टन अगहनी धान उत्पादन गरेको देखिन्छ ।

मौसमको अनुकूलता, समयमा बीउबिजन तथा मलखाद उपलब्ध भएकोले गतवर्ष भन्दा यसवर्ष बारा जिल्लामा १० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले राससलाई बताउनुभयो ।

जिल्लामा रहेको ६० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी ४० प्रतिशत जमीनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ । चुरे पहाडको भेगमा ९९५ हेक्टर जमीन खेतीयोग्य छ भने तराई भेगमा कृषियोग्य जमीन ६१ हजार ८२८ हेक्टर रहेको छ ।

जिल्लाको मध्य र दक्षिणी तराई क्षेत्रमा नदीले बगाइ ल्याएको नरम र दोमट माटो पाइने भएकोले सो क्षेत्रमा बालीनालीको उत्पादन बढ्ने गरेको प्राविधिक सहायक राम भगत महतोले बताउनुभयो ।

बहत्तर दशमलव ९८ प्रतिशत किसान कृषिमा आश्रित रहेको बारामा आर्थिकरूपले सक्रिय जनसङ्ख्या ४६ दशमलव ७३ प्रतिशत रहेको छ । प्रदेश नं २ को ८ जिल्लामा गत वर्षको तुलनामा यसवर्ष दुई लाख नौ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको छ । प्रदेश नं २ मा चालु आर्थिक वर्ष २०७५/७६ मा किसानले १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन गरेका छन् ।

यसैबीच प्रदेश सरकारको नीतिअनुसार ज्ञान केन्द्र बाराले ४० प्रतिशत अनुदानमा आफ्ना २८ वटा डिलरमार्फत यसवर्ष २०० मेट्रिक टन सरकारी अनुदानको गहुँको बीउ किसानलाई वितरण गरेको छ । रासस