१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ को सरकारमाथि छानबिन गर्दिन परराष्ट्रमन्त्रीलाई हारगुहार



अ+ अ-

काठमाडौं ।  प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरुले सरकारको कुट्नीतिक मयार्दा नमानेको आरोप लागेको छ । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादाको सिमा तोडेको भन्दै तत्काल छानबिन गर्न केन्द्रसँग माग गरेका हो ।

प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले शुक्रबार विहान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।

ज्ञापन पत्र बुझाउने टोलीमा प्रदेश २ का प्रतिनिधिसभाका सांसदहरु प्रभु साह, लिलानाथ श्रेष्ठ, चाँदतारा कुमारी, दिल कुमारी, रेखाकुमारी झा, बोधमाया यादव, समिना हुसेन, सुमनराज प्याकुरेल रहेका थिए भने प्रदेश सभा सांसदहरुमा प्रमोदकुमार यादव, रामकुमार यादव र भरतप्रसाद साह रहेका थिए ।

सांसदहरुले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, अन्य विशिष्ट कर्मचारीहरुलाई परराष्ट्र नीति सञ्चालनका सम्बन्धमा आवश्यक प्रशिक्षण दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन । कूटनीतिक मर्यादा विपरीतका गतिविधि हुन नदिन कूटनीतिक आचारसंहिता परिमार्जन गरी कडाइका साथ लागू गर्न पनि सरकारसँग माग गरिएको छ ।

२०६८ सालमा बनेको कूटनीतिक आचारसंहितालाई संशोधन गर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवालीले सो आचारसंहिता संशोधन गरेपछि त्यसलाई कडाइका साथ कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।