१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गगन बोल्दा डराए कम्युनिस्ट, संसदमा मच्चियो हँगामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदमा बोल्दै गर्दा एका–एक माइक काटिएको विषयमा कांग्रेसले विरोध जनाएको छ ।

शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले तीन मिनट बोल्नको लागि समय छुट्टाए पनि तिन मिनेट अगिनै माइक काटेको आरोप लगाएका हुन् । थापा बोल्दै गर्दा आफनो मोबाइलको घडी हेरेर कम्युनिस्ट सरकारका गलत क्रियाकलापहरूको  विरोध गरेका थिए । यसै क्रममा महराले माइक काटेको नेताहरुले आरोप स्वरुप बिरोध प्रर्दशन गरेका थिए ।

तीस सेकेण्ड समय हुँदा हुँदै सभामुखले माइक काटेपछि कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले उभिएर संसद भवनभित्र रहेको घडी बिग्रिएको  भन्दै विरोध गरेका थिए । उनले गगन थापाले बोल्दै गर्दा समय हुँदाहुँदै किन माइक काटेको भनेर चर्के स्वरमा होहल्ला समेत गरेका थिए ।

त्यसपछि सभामुख महराले संसद भबनमा रहेको घडिमा प्राविधिक समस्या रहेको भन्दै सचिवालयलाई घडी बनाउन आदेश दिएका थिए ।

थापाले शेरबहादुर देउवाले नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी विधेयकलाई तोडमोड गरेर आफु अनकुल कम्युनिस्ट सरकारले बनाएको भन्दै विरोध गरेका हुन् ।

आफु अनकुल अध्यादेशलाइ खारेज गरेर कर्मचारी समायोजन विधेयक सदनमा पेश गर्न कांग्रेसका  थापाले सरकारलाई ठाडै चेतावनी दिएका थिए ।