१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा गगन बोल्दा डराए कम्युनिस्ट, संसदमा मच्चियो हँगामा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले संसदमा बोल्दै गर्दा एका–एक माइक काटिएको विषयमा कांग्रेसले विरोध जनाएको छ ।

शुक्रबारको संसदको बैठकमा सांसद थापालाई सभामुख कृष्णबहादुर महराले तीन मिनट बोल्नको लागि समय छुट्टाए पनि तिन मिनेट अगिनै माइक काटेको आरोप लगाएका हुन् । थापा बोल्दै गर्दा आफनो मोबाइलको घडी हेरेर कम्युनिस्ट सरकारका गलत क्रियाकलापहरूको  विरोध गरेका थिए । यसै क्रममा महराले माइक काटेको नेताहरुले आरोप स्वरुप बिरोध प्रर्दशन गरेका थिए ।

तीस सेकेण्ड समय हुँदा हुँदै सभामुखले माइक काटेपछि कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले उभिएर संसद भवनभित्र रहेको घडी बिग्रिएको  भन्दै विरोध गरेका थिए । उनले गगन थापाले बोल्दै गर्दा समय हुँदाहुँदै किन माइक काटेको भनेर चर्के स्वरमा होहल्ला समेत गरेका थिए ।

त्यसपछि सभामुख महराले संसद भबनमा रहेको घडिमा प्राविधिक समस्या रहेको भन्दै सचिवालयलाई घडी बनाउन आदेश दिएका थिए ।

थापाले शेरबहादुर देउवाले नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी विधेयकलाई तोडमोड गरेर आफु अनकुल कम्युनिस्ट सरकारले बनाएको भन्दै विरोध गरेका हुन् ।

आफु अनकुल अध्यादेशलाइ खारेज गरेर कर्मचारी समायोजन विधेयक सदनमा पेश गर्न कांग्रेसका  थापाले सरकारलाई ठाडै चेतावनी दिएका थिए ।