१ पुष २०८२, मंगलवार
,
Latest
ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपराध रोकथाम सचेतना कार्यक्रम



अ+ अ-

काठमाडौँ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँको ज्ञानेश्वरमा आज अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक प्र्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कुल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालद्वारा काठमाडौँ ज्ञानेश्वरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, अपरहण तथा जबरर्जस्ती करणी सम्बन्धी प्रशिक्षण दिँदै अपराधबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

उहाँले यस्ता आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सधैँ क्रियाशील रहेको भन्दै नागरिक र प्रहरीको सहकार्यले मात्र सुरक्षा मजबुत हुने बताउनुभयो । विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण हुननसक्ने भन्दै उहाँले अपराध न्यूनीकरणका लागि सोचमा परिवर्तन जरुरी रहेको औंल्याउनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको प्रशिक्षण कार्यक्रममा ग्यालेक्सी स्कुलका सह–प्राचार्य सुरिना गुरुङको संयोजकत्वमा विद्यालय सम्पर्क समिति समेत गठन गरिएको छ ।

यता राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित ८ औँं समूहको विपद् व्यवस्थापन आधारभूत तालीम आज समापन गरिएको छ । कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले तालीममा हासिल गरेका कला, कौशल र सीपलाई एक आपसमा २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।
रासस