२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार झमककुमारीलाई सम्मान गरिने



अ+ अ-

विराटनगर : राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनकुटाकी साहित्यकार घिमिरेलाई रु १६ हजार १११ सहित स्व किशोरी खतिवडा स्मृति पुरस्कारबाट सम्मान गर्ने निर्णय भएको जानकारी दिइयो ।

यही पुस १४ गते हुने संस्थाको २० औँ वार्षिक साधारणसभामा उहाँलाई सम्मान एवं पुरस्कृत गर्नेछ । यसैगरी सभामा रु १० हजार राशीको स्व दधिराम दाहाल स्मृति पुरस्कारबाट जनप्रतिनिधि ताराबहादुर काफ्लेलाई पुरस्कृत गरिनेछ । यसैगरी विसं २०७४ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छ जना शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कारले सम्मान गर्ने संस्थाका अध्यक्ष जीवन काफ्ले जानकारी दिनुभयो ।

नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध रहेका नेपालभरी ६८ जिल्लामा शाखा रहेको सो संस्थामा २० हजार शेयर सदस्य रहेका छन् । संस्थामा नेपालीभरी शेयर सदस्यको दुई अर्ब बराबरको पूँजी रहेको छ ।

विसं २०५० मा स्थापना भएको मोरङ शाखामा ६१८ महिलासहित सहित एक हजार ५५७ शेयर सदस्य छन् । संस्थाले गत वर्ष रु दुई करोड ८५ लाख ८८ हजार ३०० आम्दानी गरेको थियो ।