२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जक केसीलाई पराक्रम बालप्रतिभा पुरस्कार



अ+ अ-

काठमाडौँ : यसअघि ‘प्रारम्भ बालप्रतिभा पुरस्कार’ को नामबाट प्रदान गरिँदै आएको र यस वर्षबाट ‘पराक्रम बालप्रतिभा पुरस्कार’ नामाकरण गरिएको बालप्रतिभा पुरस्कार यस वर्ष सर्जक दर्शन केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

साहित्यकार महेश पौड्यालद्वारा स्थापित सो पुरस्कारलाई उहाँका दिवङ्गत छोरा प्रारम्भ पौड्यालको स्मृतिमा पुनः नामाकरण गरिएको हो ।

काठमाडौँमा शुक्रबार बसेको बालसाहित्य प्रतिष्ठान नेपाल कार्यसमितिको बैठकले सुस्त मनस्थिति र विशेष शारीरिक अवस्थामा हिँड्डुल गर्न र बोल्न नसक्ने अवस्थामा रहेर पनि साहित्य सिर्जनामा सक्रिय रहेका कवि दर्शन केसीलाई वर्ष २०७५ का लागि सो प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार रू १० हजार नगद र कदरपत्र रहेको छ । पुरस्कार यही पुस १५ गते स्व पौड्यालको जन्मदिनमा वितरण गरिनेछ ।