१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा माटोबिनै तरकारी खेती सुरु



अ+ अ-

बुटवल । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ ।

रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन् । यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन् । माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ ।

पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । त्यहाँ उनले १० वर्ष बिताए । होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए । त्यहीं उनले माटोविहीन तरकारी खेती देखे ।

नेपाल फर्केपछि त्यही तरिकाले खेती गर्ने निर्णय गरे। र, काममा लागे । यो प्रविधिमा बिरुवाको फेदमा माटोको सट्टा नरिवलको जटा प्रयोग गरिन्छ। यसलाई कोकोपिट पनि भनिन्छ । जटालाई पिसेर धुलो बनाइन्छ र गमलामा राखिन्छ । सार्न मिल्ने भएको बिरुवा त्यसैमा रोपिन्छ । जटाको काम बिरुवा अड्याउने र चिस्यान राखिराख्ने मात्रै हो । गमलामा थोपा सिँचाइबाट पानी र पोषकतत्व पुर्याइन्छ । पोषक तत्वले बाली फस्टाउँछ र फल दिन्छ ।

बुटवल मण्डपमा जस्तै उनले विष्णुपूरामा पनि दैनिक सरदर ५० जनालाई खेती र प्रविधिबारे जानकारी गराउँछन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।