१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

समवेदनामा बधाई लेख्ने तापस अधिकारीलाई के हुँदैछ कारबाही ?



अ+ अ-


काठमाडौँ । इन्डोनेसियामा हालैको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीका कारण धेरै नागरिकको ज्यान गएकोमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना पठाएकी थिइन् । तर राष्ट्रपतिले लेखेको समवेदना परराष्ट्र मन्त्रालयबाट जाँदा भने बधाई लेखेर गयो । यो भन्दा ठूलो भूल कूटनीतिक क्षेत्रमा अरु के होला ? यसले नेपालको कूटनीतिक क्षमतामा कति विधि कमजोरी रहेछ भनेर संसारमै नै बदनाम गराएको छ । त्यो समवेदनाको अनुवाद गरी सम्बन्धित देशमा पठाउने काम परराष्ट्र मन्त्रालयलको हो ।

त्यससँग सम्बन्धित शाखा हो दक्षिणपूर्वी एसियाली महाशाखा । त्यस महाशाखाका सहसचिव तापस अधिकारी हुन् । यस्ता सबै वक्तव्यहरु सहसचिवले हेर्न नभ्याए पनि देशको राष्ट्रपति एवम् प्रधानमन्त्रीले दिएका वक्तव्यहरुलाई भने सहसचिव आफैले अनुवाद गरी राम्रोसँग हेरेर पठाउनुपर्ने हुन्छ ।
अझ पहिले पहिले राजाको पालामा त राजा र राजदरबारका तर्फबाट विदेशका लागि आउने वक्तव्य, सन्देशहरु सम्बन्धित महाशाखाको प्रमुखले हेरिसकेपछि त्यसलाई सचिवले नै फाइनल गर्ने गर्दथे । तर अहिले सचिवले यस्ता सन्देशहरु हेर्ने फुर्सद आफूलाई नहुने भन्दै पन्छिने गरेका परराष्ट्रका अधिकारीहरु बताउँछन् । सचिवले नभ्याएपनि त्यस महाशाखाका प्रमुखले भने अनिवार्य रपमा हेर्नुपर्ने हुन्छ । तर यसपटक भने सो महाशाखाका प्रमुख रहेका तापस अधिकारीले आफू मातहतका अधिकृत भुवन भट्टलाई लेख्न लगाएर आफूले हेर्दै नहेरी पठाइदिएका थिए । राष्टपतिको सन्देश तापसले हेरेपछि पनि सचिवले हेरेर फाइनल गर्नुपर्नेमा कसैले नहेरी अधिकृतलाई ड्राफ्न गर्न लगाएर पठाइदिएपछि यस्तो दुर्घटना हुन पुगेको छ ।

तापस अधिकारीले कहिल्यै पनि यस्तो गम्भीरता नदेखाउने गरेका सो मन्त्रालयका अधिकारीहरु बताउँछन् । तर यति गम्भीर गल्ती हाकिमहरुले गरेर अहिले भने भुवन भट्टको स्पष्टिकरण लिइएको छ । त्यो पनि मन्त्रालयले नगरेपछि मन्त्रीको सचिवायले ती कर्मचारीमाथि कारबाही गरिने भनी विज्ञप्ति जारी गरिएको छ ।

यदि महाशाखा प्रमुख अधिकारीलाई स्पिष्टगरिण लिइयो भने त्यसको असर सचिव शंकरदाश बैरागीलाई पनि पर्ने भएकोले अहिले ती अधिकृतिलाई फसाउन खोजिएको भन्दै परराष्ट्रका कर्मचारीहरु आक्रोषित भएका छन् । उनीहरुले पहिले सचिव र त्यसपछि अधिकारीलाई कारबाही गर्नुपर्ने बताइरहेका स्रोतले जनाएको छ ।