२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ चिनियाँ राजदूत काठमाडौँमा



अ+ अ-


काठमाडौँ । चिनियाँ राजदूत हाउ याङ्छी काठमाडौँ आइपुगेकी छिन् । उनलाई चीन सरकारले नेपालका लागि नयाँ राजदूतका रुपमा गत महिनामात्र नियुक्त गरेको थियो । उनी शनिबार काठमाडौँ आइपुगेकी हुन् । परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल खड्ग दाहालले आज उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

नेपालमा राजदूतका रुपमा नियुक्त हुनुअघि याङ्छी चीनको विदेश मन्त्रालयमा एसियाली मामिलासम्बन्धी विभागको उप महानिर्देशकका रुपमा कार्यरत थिइन् । नेपाल र चीनबीच सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता उनी नेपालका लागि २१ औँ राजदूत हुन् । राजदूत हाउ एसियाली मामिलाको विज्ञ मानिन्छिन् ।

चीन सरकारले यस अघिकी चिनियाँ राजदूत यु होङलाई समय अगावै फिर्ता बोलाएको थियो । उनले नेपालमा दुई वर्षमात्र सेवा गर्ने अवसर पाएकी थिइन् । उनलाई फिर्ता बोलाएर हाउलाई नेपाल बोलाउने बारेको जानकारी चीनले नेपाल सरकारलाई नोभेम्बर महिनाको पहिलो हप्तातिर नै खबर गरेको थियो । पछिल्लो समयमा नेपाल चीन सम्बन्ध महत्वपूर्ण मोडमा रहेको र नेपालले चीनसँग आर्थिक, पारवहन तथा यातायातसम्बन्धी महत्वपूर्ण सम्झौताहरु गरेर अगाडि बढिरहेको वर्तमान अवस्थमा नेपालमा नयाँ चिनियाँ राजदूतको भूमिका महत्वपूर्ण हुने विश्लेषकहरु बताउँछन् ।