१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत वस्ती निर्माण गर्न सरकारले छुट्यायो साढे ४ करोड



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नि पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्नी पीडितहरुको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपियाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमूना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अघाडी बढाइसकेको छ। पुस आठ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेको खबर आजको नागरिक दैनिकमा छ।

प्रदेश सरकारले एकीकृत आवास निर्माण र पीडितहरुको लागि तत्कालिन सहयोगलाई एकद्धार प्रर्णालीमार्फत अघाडी बढाउने निर्णय गरेको छ। अग्नी पीडितका आवास निर्माणका लागि पाँच करोड रुपियाँ लाग्ने अनुमान प्रदेश सरकारको छ। सरकारले अग्नीपीडितका आवास निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।