१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रारम्भिक परिणामहरु भन्छन्– देउवालाई पहिलो चरणमै बहुमत

प्रारम्भिक परिणामहरु भन्छन्– देउवालाई पहिलो चरणमै बहुमत
अ अ+ अ-

मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको १४औं महाधिवेशनले देशव्यापी राजनीतिक सरगर्मी बढाएको छ । स्थानीय वडा तहदेखि नै काँग्रेसका सक्रिय क्रियाशील सदस्यहरु विभिन्न पदमा उम्मेदवार भएर भोट माग्नेक्रम जारी छ । कतिपय जिल्लामा वडादेखि जिल्ला अधिवेशन सम्पन्न भएर जिल्ला, निर्वाचन क्षेत्र, गाउँ तथा नगरपालिकामा नेतृत्व चयन गरिसकेका छन्, भने कतिपय ठाउँमा मतपरिणाम आउनेक्रम जारी छ । 

काँग्रेसको मतपरिणामलाई विभिन्न कोणबाट व्याख्या गर्ने र केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाँक्षीहरुले आफ्नो पक्षमा के कति मत प्राप्त होला भन्ने आँकलन र जोडघटाउ गरिरहेका छन् । केन्द्रीय पदाधिकारीमा उम्मेदवार हुन चाहनेहरुले कतिपय जिल्लामा महाधिवेशन प्रतिनिधि छनौट गर्दा प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारी गर्नु भएपछि सभापतिका आकाँक्षी अन्य नेताहरुमाझ छटपटी शुरु भएको छ । सभापति देउवाले आफू अन्तिम पटकका लागि उम्मेदवार बन्न चाहेको र आफूले आगामी तीनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गर्नु भएको छ । राजनीतिक रुपमा कठिन मोडमा देश पुगेको अवस्थामा पनि आफू हारेर देशलाई सही मार्गमा लैजान सफल हुनु भएका देउवाको यो भनाईको प्रतिवाद कसैले गरेका छैनन् । पार्टीभित्र र देशका अन्य प्रमुख राजनीतिक दलसँग राम्रो सुझबुझ र सहकार्यको वातावरण निर्माणमा पनि देउवाको कार्यकुशलता कतै छिपेको छैन । तर नेपाली काँग्रेस पार्टीभित्रैका कतिपय वरिष्ट नेताहरुले गरिरहेको लगातार र एकोहोरो असहयोगका बाबजूद जिल्लामा भइरहेका निर्वाचनमा सभापति देउवालाई कार्यकर्ता तहबाट राम्रो रेस्पोन्स प्राप्त भइरहेको छ ।

सबैलाई थाहा छ, महाधिवेशनमा देशभरबाट चुनिएर आउने झण्डै चार हजार ५०० महाधिवेशन प्रतिनिधिको भूमिका महत्वपूर्ण हुनेछ । पछिल्ला मत परिणामले सभापति देउवा निकै प्रभावशाली र प्रबल उम्मेदवार हुनेमा कुनै शंका देखिन्न । सभापतिको दौडमा रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा शेखर कोइराला, डा शशांक कोइराला र प्रकाशमान सिंह पनि छन् । तर हालै जिल्ला जिल्लाबाट आएका परिणामहरु र केही सर्वेक्षणले पहिलो चरणमै देउवाले ५० प्रतिशतको सीमारेखा पार गर्ने सम्भावना देखाएका छन् । 

हालसम्मको चुनावी मतपरिणाम हेर्दा देउवाको पछिपछि रामचन्द्र पौडेल देखिएका छन् । तेस्रो स्थानमा डा शेखर कोइराला, चौथोमा प्रकाशमान सिंह र पाँचौंमा शशांक कोइराला छन् । प्रदेश २ को प्रारम्भिक नतिजामा नेता विमलेन्द्र निधि गृहजिल्ला धनुषामै अत्यन्त कमजोर अवस्थामा पुगेका छन् । यो परिणाम हेर्दा लाग्छ, निधिले देशभरबाट बढीमा ३०० मत प्राप्त गर्न पनि निकै कठिन छ ।

पार्टी सभापति शेरबहादुर देउवासँग “ब्रेकअप” गरेको घोषणा गरेका निधिले प्रकाशमान सिंहको बराबरी पनि मत ल्याउन नसक्ने आँकलन गरिएको छ । यो अवस्थामा निधिले आफ्नो राजनीतिक विराशत जोगाउन कठिन मात्र होइन, राजनीतिक संकटको भूमरीमा स्पष्ट होमिएको देखिन्छ । तर आजसम्मको अवस्था हेर्दा निधिसामु यो संकटको मोचनका भरपर्दा उपाय देखिन्नन् । जबकि उनी कहिले प्रकाशमान त कहिले कोइराला क्याम्पसम्म सहयोगको याचना गरेर पुगिरेहका भने देखिन्छन् । 

आजभोलि आफ्ना राजनीतिक गतिविधि र सचिवालय लगभग बन्द गरिसकेका डा शशांक कोइरालाले सभापति देउवासँग पटकपटक वार्ता गरिरहेका खबर आइरहेका छन् । शशांकले यसपटक सभापति देउवालाई नै सघाउने सम्भावना छ, र त्यसको घोषणा हुन मात्र बाँकी छ । शशांकले डा शेखरलाई सघाउने सम्भावना रहला ? यो प्रश्नको उत्तर शशांकले यसअघि नै दिइसकेका छन् । डा शेखरले एक्लै चुनाव जित्न नसक्ने बताउँदै आएका डा शशांकले त्यस्तो अवस्थामा शेखरले देउवालाई सरक्क सभापति छाडिदिए हुने जिकिर गरेका छन् । 

कतिपय संचार माध्यमले देउवा र पौडेल पक्षका सभापति भन्दै समाचार प्रवाहित गरिरहेका छन् जसमा पौडेल पक्ष बढी रहेको भनेका छन् । तर जानकारहरुका अनुसार, त्यसमा आँशिक मात्र होइन, पूर्णतः सत्यता छैन । किनभने पौडेल पक्ष एक्लो छैन । त्यसभित्र रामचन्द्र सहित डा शेखर र डा शशांक पनि मिसिएका छन् । बरु, देउवा पक्षका सभापतिहरु एकै ठाउँमा गोलबद्ध देखिएका छन् । र महाधिवेशन प्रतिनिधिमा पनि यस्तै अवस्था छ । अहिले देउवा पक्षका भनेर आएका सभापतिहरु बिशुुद्ध देउवाकै हुन् तर उता पौडेल पक्ष भनिएकाहरु रामचन्द्र पौडेल, शशांक, प्रकाशमानका पनि हुन् । त्यसैले यही परिणामहरु हेर्ने हो भने पनि आजसम्मको अवस्थामा पहिलो चरणमै ५० प्रतिशतको सीमारेखा पार गर्न देउवालाई गाह्रो देखिँदैन । 

तैपनि, जिल्लागत रुपमा देउवा पक्षले पौडेल पक्षको भन्दा झण्डै दोब्बर स्थानमा पार्टी सभापति जितेको छ । देउवा पक्षबाट ताप्लेजुृङ, पाँचथर, ओखलढुंगा, इलाम, रामेछाप, मनाङ, म्याग्दी, पर्वत, लमजुङ, स्याङ्जा, रुकुम पूर्व, रुपन्देही, नवलपरासी पश्चिम, डोल्पा, जुम्ला, मुगु, सल्यान, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, बझाङ, डोटी, डडेलधुरा समेत २३ जिल्लामा सभापतिमा विजय हासिल गरेको छ । रामचन्द्र पौडेल पक्षले भने संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङ, दोलखा, मुस्ताङ, अर्घाखाँची, प्युठान, रोल्पा, पाल्पा, कालीकोट, बाजुरा र बैतडी समेतका १३ जिल्लामा मात्र सभापतिमा बाजी मारेको छ ।