२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथि लिभरपुलको गोलको वर्षा, फिर्मिन्होले गरे ह्याट्रिक



अ+ अ-

काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई भारी अन्तरले पराजित गरेको छ ।

शनिबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई लिभरपुलले ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गर्नुका साथै मोहमद सलाह र साडियो मानेले समान १-१ गोल गरेका थिए।

खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल लिभरपुल माथिको अग्रता कायम गर्न सकेन ।

आर्सनल माथि खेलको १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाएका थिए । त्यस्तै खेलको १६औं मिनेटमा फिर्मिन्होले दास्रो गोल गर्दा लिभरपुल खेलमा २–१ गोलको अग्रता बनाएको थिए ।

त्यसपछि मानेले खेलको ३२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाएका थिए । सलाहले खेलको पहिलो हाफको अन्तिम समय अर्थात ४५ औं मिनेटमा गोल गरेपछि खेल ४–१ को स्थितिमा पुगेको थियो ।

पहिलो हाफमा निकै राम्रो खेल खेलेको लिभरपुलले दोस्रो हाफमा भने थप एक गोल मात्रै गर्न सक्यो । लिभरपुलका लागि खेलको ६५ औं मिनेटमा फिर्मिन्होले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । उनकै ह्याट्रिक गोलमा लिभरपुलले आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित आर्सनलको भने २० खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको १९ खेलबाट ४५ अंक रहेको छ ।