१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलमाथि लिभरपुलको गोलको वर्षा, फिर्मिन्होले गरे ह्याट्रिक



अ+ अ-

काठमाडौं । लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई भारी अन्तरले पराजित गरेको छ ।

शनिबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई लिभरपुलले ५–१ गोलअन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गर्नुका साथै मोहमद सलाह र साडियो मानेले समान १-१ गोल गरेका थिए।

खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल लिभरपुल माथिको अग्रता कायम गर्न सकेन ।

आर्सनल माथि खेलको १४ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरी दिलाएका थिए । त्यस्तै खेलको १६औं मिनेटमा फिर्मिन्होले दास्रो गोल गर्दा लिभरपुल खेलमा २–१ गोलको अग्रता बनाएको थिए ।

त्यसपछि मानेले खेलको ३२ औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–१ को अग्रता दिलाएका थिए । सलाहले खेलको पहिलो हाफको अन्तिम समय अर्थात ४५ औं मिनेटमा गोल गरेपछि खेल ४–१ को स्थितिमा पुगेको थियो ।

पहिलो हाफमा निकै राम्रो खेल खेलेको लिभरपुलले दोस्रो हाफमा भने थप एक गोल मात्रै गर्न सक्यो । लिभरपुलका लागि खेलको ६५ औं मिनेटमा फिर्मिन्होले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पूरा गरे । उनकै ह्याट्रिक गोलमा लिभरपुलले आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि लिभरपुलले २० खेलबाट ५४ अंक बनाएको छ । पराजित आर्सनलको भने २० खेलबाट ३८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको १९ खेलबाट ४५ अंक रहेको छ ।