• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस , भित्ता भित्तामा तिम्रो नाम होस ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

किम जोङको चिठी दक्षिणका राष्ट्रपतिलाई



उत्तर कोरियाली नेता किम जोङ उनले आउँदो वर्ष दक्षिण कोरियालीले राष्ट्रपति मुन जाइ इनसँग अनआणविकीकरणका लागि धेरैभन्दा धेरै वार्ता गर्ने बचन दिएका छन्।

अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा शनिबार मुनलाई एउटा चिठी लेखेर उनले यही वर्ष दक्षिणको राजधानी सउलको भ्रमण गर्ने भने पनि पूरा नभएको तर अर्को साल निरन्तर वार्ता गर्ने वाचा गरेको मुनको कार्यालयले जनाएको छ। उत्तरले दक्षिणलाई कहिलेकाहीँमात्र चिठी लेख्छ। चिठी कसरी आएको थियो भन्नेबारे मुनको कार्यालयले केही खुलाएको छैन।
सन् २०१८ मा उन र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच तीन पटक भेट भएको थियो। तीमध्ये २ भेट सीमावर्ती पान्मुन्जोम गाउँमा भएको थियो भने तेस्रो भेटका लागि मुन प्योङयाङ पुगेका थिए।

यही वर्ष सिंगापुरमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका क्रममा उनले देशको आणविक कार्यक्रम रोक्ने र अन्तर्राष्ट्रिय विज्ञलाई आणविक भट्टीको निरीक्षण गर्न दिने सहमति गरेका थिए। ऐजेन्सी