• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

देशभर यस कारण चिसो बढ्दै



काठमाडौं। वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष÷अप्रत्यक्ष असरले अहिले चिसो बढाएको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताउनुभयो ।

पृथ्वीको सतहबाट करिव १० किमी उचाईबाट जेटस्ट्रिम तिब्बतर्फ बहने बताउँदै उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘२÷३ सय मिटर प्रतिसेकेन्डका दरले यस्तो वायु ‘मुभ’ हुन्छ, त्यसको प्रत्यक्ष असर तिब्बतीतर्फ पर्छ तर धेरथोर प्रभाव नेपालमा समेत पर्छ ।’ बाह्रैमास सक्रिय रहने जेटस्ट्रिम गर्मीयाममा १४÷१५ किमी उचाई माथि र हिउँदयाममा २÷४ किमीतलबाट बहने गरेको शाक्यले प्रष्ट्याउनुभयो ।

भौगोलिक अवस्थिती अनुसार जेटस्ट्रिमको असर पनि फरक पर्ने उहाँको भनाई छ । यससँगै जमिनको सतह भएर भित्रिने यूरोपेली वायुले हिमालय शृंखलालाई छोएर अन्यत्र फैलिँदा समेत चिसो बढेको मौसमविद्हरुको ठहर छ । हिउँदयाममा टर्की, सिरिया, अफगानिस्तान, पाकिस्तान, भारत, नेपालको पश्चिमी भेगबाट भित्रिने यूरोपेली वायु मुलुकको पूर्वी भेगहुँदै बंगलादेश तर्फ फैलिने गर्छ ।

दिन छोटो हुँदा पर्याप्त जमिन नतात्ने र हिमालय श्रृंखलालाई छोएर बहने पश्चिमी वायुको प्रभावले अधिकतम तापक्रम घटेपछि चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेल बताउनुहुन्छ । ‘हिउँदको दिन त्यसैपनि छोटो हुन्छ, घाम पर्याप्त लाग्दैन, यही बेला जेटस्ट्रिम र पश्चिमी वायुको दोहोरो असर पनि पर्ने भएकाले तापक्रम निकै घट्ने गर्छ’–उहाँले भन्नुभयो ।

मध्य हिउँद अझै बाँकी भएकाले तत्काल तापक्रममा सुधार आउने संभावना नरहेको पौडेलको ठहर छ । ‘अंग्रेजी महिनाको डिसेम्बर अन्तिम साता र जनवरीको दोस्रो सातासम्म अघिपछिको समय भन्दा चिसो केही बढी नै हुन्छ’–उहाँले प्रष्ट्याउँदै भन्नुभयो । महाशाखाका अनुसार आइतवार काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस छ भने जुम्लाको माइनस ७ छ ।

त्यसैगरी जिरी माइनस ३ दशमलव २, जोमसोम माइनस १ दशमव ५, दीपायल १, विरेन्द्रनगर २, डडेलधुरा, ताप्लेजुङ र लुम्लेको २ दशमलव ५, धनगढीको ३ र सिमराको ३ दशमलव ५ डिग्री मापन भएको छ । जनकपुर, ओखलढुंगा, भैरहवा, पोखरा, दाङ, नेपालगञ्ज र धनगढीको न्यूनतम तापक्रम पनि ५ डिग्री भन्दा कम रेकर्ड भएको महाशाखाको तथ्यांक छ । समाचार नेपाल समाचारपत्रमा छ ।