१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसकै मैदानमा ३-१ गोलले हराएको हो । 

बार्सिलोनालाई जित दिलाउन खेलको ४८ औं मिनेटमा डी योंग, ८८ औं मिनेटमा मेम्फिस डिपाए र ९० + ४ मिनेटमा पेनाल्टीमार्फत कोउटिन्होले गोल गरे । 

यता ७६ औं मिनेटमा सामुएल चुकुएजीले गरेको गोल भिललरियलका लागि सान्त्वना गोल रह्यो । 

सातौं स्थानमा रहेको बार्सिलोनाले १४ खेलबाट २३ अंक जोडेको छ । समान खेलबाट भिल्लारियल १६ अंकसहित १२ औं स्थानमा छ ।