३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पूर्वाधार नबने पनि खेलमा सुधार आयो वर्ष २०१८ मा

पूर्वाधार नबने पनि खेलमा सुधार आयो वर्ष २०१८ मा
अ+ अ-


काठमाडौँ । सन् २०१८ नेपाली खेलकूद क्षेत्रका लागि मिश्रित वर्ष रह्यो । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिसँगै नेपाली खेलकूद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले सन् २०१८ लाई अविस्मरणीय बनाइदिएको छ । यद्यपि खेल क्षेत्रको पूर्वाधार विकासमा भने खासै प्रगति हुन सकेन ।

वर्षको शुरुमै नेपाली क्रिकेटले पाएको ऐतिहासिक एक दिवसीय मान्यता, प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा दिलाएको रजत, वर्षको अन्त्यतिर शारीरिक सुगठनमा महेश्वर महर्जनले हासिल गरेको विश्वस्तरको पदक तथा सन्दीप लामिछानेको एकपछि अर्को सफलताले नेपाली खेलकूद क्षेत्रमा यस वर्ष नयाँ तरङ्ग सिर्जना ग¥यो ।

विस २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेको दशरथ रङ्गशाला नबन्दा तथा आठौँ राष्ट्रिय खेलको मिति बारम्बार सारिनु पर्दा नेपाली खेलप्रेमी निराश भए । नेपालले सन् २०१८ मा आयोजना गर्ने भनी तय गरेको १३ औँ दक्षिण एसियाली खेलकूद ९साग० भौतिक संरचनाका कारण सम्भव भएन । नेपालगञ्जमा आयोजना हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद सञ्चालन गर्न समेत राष्ट्रिय खेलकूद परिषद् (राखेप) असक्षम देखियो ।

क्रिकेटमा ऐतिहासिक सफलता

क्रिकेटमा चामत्कारिक नतीजा आएपछि सन् २०१८ ले ऐतिहासिक र सफल वर्षका रुपमा बिट मार्दैछ । डिभिजन दुईबाट शुरु भएको नेपालको यात्रा ‘एक दिवशीय अन्तर्राष्ट्रिय डेब्यू’ सम्म पुग्यो । यसै वर्ष एक दिवसीय मान्यता पाएको नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीयसमेत खेल्न पुग्यो ।

संस्थागतरुपमा क्रिकेट झनै कमजोर बन्यो वर्ष २०१८ मा । राजनीतिक हस्तक्षेप भन्दै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी०को प्रतिबन्धमा परेको नेपाल क्रिकेट सङ्घ ९क्यान० को फुकुवा हुन सकेन । तर नेपालका क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय मैदानमा उल्लेख्य सफलता हात पारे । युवा स्पिनर सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग ९आइपिएल०देखि बिग बाससम्मको यात्रा रोमाञ्चक बन्यो । व्यक्तिगत रुपमा सन्दीप करोडपति खेलाडीमा दरिन पुगे ।

यसै वर्ष दुईवटा घरेलु क्रिकेट प्रतियोगिताले नेपाली खेलाडीलाई केही राहत दिलायो । अघिल्लो महिना पोखरामा सम्पन्न पोखरा प्रिमियर लिग र यसै महिना काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिगले नेपाली क्रिकेटका दर्शक झनै बढाउन सफल भयो ।

प्याराग्लाइडिङमा ऐतिहासिक रजत

नेपालले सन् २०१८ मा इण्डोनेसियामा भएको एशियाली खेलकूद प्रतियोगिता ९एसियाड० मा २९ खेलमा भाग लियो । नेपालबाट चार सयभन्दा बढी खेलाडी र पदाधिकारी इण्डोनेसिया पुगे । तर पदकको हिसाबले नेपालको इज्जत जोगाउने काम प्याराग्लाइडिङले मात्रै ग¥यो । सरकारको लगानी बिनै प्याराग्लाइडिङका खेलाडीले रजत पदक जितेपछि झण्डा समाउन र बधाई दिन नेपालका खेल पदाधिकारीको होड नै चल्यो ।

एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामै पदक दिलायो । पदकको आशा गरिएका तेक्वान्दो, कराँते, बक्सिङ जस्ता खेलमा खाली हात फर्कंदा सामान्य तयारी र सरकारको खासै लगानी नभएको खेल प्याराग्लाइडिङले भने नेपालले नसोचेको पदक दिलायो ।

प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत जित्न सफल भयो । यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोमा रजत जितेकी थिइन् । त्यसपछिका १६ औँ संस्करणमा सहभागिता जनाउँदा नेपालले कास्यभन्दा माथि जान सकेको थिएन ।

नेपाललाई ऐतिहासिक पदक दिलाउन नेपाली टोलीमा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टोलीले उत्कृष्ट प्रदर्शन गरे ।

फूटबलमा मिश्रित नतिजा

बीस वर्षपछि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मा नयाँ नेतृत्व आयो भने चार वर्षसम्म रोकिएको ‘ए’ डिभिजन लिग फुटबल यसै वर्ष शुरु भयो । बीस वर्षसम्म गणेश थापाको एकल नेतृत्वबाट चलेको एन्फाले कर्मा छिरिङ शेर्पालाई नेतृत्वमा पाएको छ । लिग शुरु भए पनि रङ्गशाला निर्माण सम्पन्न नभएकाले सीमित समर्थकले मात्र फुटबलको मज्जा लिन पाए । त्यसो त रेलिगेशनको प्रावधान नहुँदा पनि लिगको रौनक पहिलेको जस्तो आएन ।

व्यक्तिगततर्फ दुई नेपाली फुटबलरले यस वर्ष दुईवटा अवार्डसमेत जित्न सफल भए । रोहित चन्द नेपालमा भन्दा इण्डोनेसियामा बढी चर्चामा छ । इण्डोनेसियाको लिग खेल्ने रोहितले यो वर्ष अहिलेसम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लब पर्सिजा जकार्ताले लिगको उपाधि जित्यो भने रोहित उत्कृष्ट खेलाडी बने ।

यसैगरी नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि तथा उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्न सक्यो । माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा चुलिएको छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भने सोचेअनुसारको सफलता प्राप्त गर्न सकेन । बङ्गलादेशमा सम्पन्न साफ फुटबल तथा बङ्गबन्धु गोल्डकपमा सहभागिता जनाएको नेपालले साफ च्याम्पियनशिपमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा बङ्गबन्धु कपमा भने समूह चरणबाटै घर फर्कन प¥यो ।

नेपाली महिला फुटबल टोलीलाई दक्षिण एशियालीस्तरमा सधैं पदकको विजेताका रुपमा हेरिँदै आइए पनि अहिलेसम्म साफ च्याम्पियनशिपको उपाधि उचाल्न सकेको छैन । उपाधिका लागि भारत तगारो बन्दै आएको छ । यस वर्ष महिला फुटबल टोलीले अहिलेसम्मकै ठूलो सफलता हात पा¥यो ।

ओलम्पिक छनोटको एशिया रिजनको दोस्रो चरणमा उसले स्थान पक्का गर्न सक्यो ।

महेश्वरको सफलता

नेपालमा शारिरीक सुगठन खेल अहिले पनि व्यावसायिक हुन सकेको छैन । निकै खर्चिलो, त्यसमा पनि खानेकुरामा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले सक्दैनन् । यस्तैमा पछिल्लो पटक अन्तर्राष्ट्रियस्तरमै पदक जित्ने खेलाडी बन्न पुगे महेश्वर ।

भुटानमा भएको एशियन च्याम्पियनशिपमा पदक जितेर तहल्का मच्चाएका महेश्वरले विश्व च्याम्पियनशिपमा स्वर्ण पदक चुमेर अर्को सफलताको सिँढी चढे । उनले थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनशिपमा ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते । यसअघि श्याम श्रेष्ठले उक्त प्रतियोगितामा रजत पदकसम्म जितेका थिए ।

पूर्वाधार निर्माणमा निराशा

देशकै एकमात्र अन्तर्राष्ट्रिय रङ्गशालाको रूपमा रहेको दशरथ रङ्गशालामा खेलकूद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एसियाली खेलकूद आयोजना गर्ने जिम्मा लिएको छ । तर, दशरथ रङ्गशालाको पुनःनिर्माण सन्तोषजनक ढङ्गले अघि बढेको छैन ।

नेपाली फुटबलको इतिहास बोकेको दशरथ रङ्गशाला २०७२ सालको भूकम्पपछि जीर्ण बन्यो । भूकम्प गएको चार वर्ष पूरा हुन लाग्यो, पुनःनिर्माणको काम भने ७० प्रतिशत मात्रै पूरा भयो ।

करीब अठार हजार दर्शक अट्ने यो रङ्गशालाकोे पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्ष पछिदेखि नै थालिएको हो । तर, गत जेठदेखि मात्र कामले गति लियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा रङ्गशाला तयार गर्ने लक्ष्यसहित काम शुरु गरिएको थियो । पूर्वाधार निर्माण भइनसक्दा यो क्षेत्रीय प्रतियोगिता सर्ने निश्चित जस्तै छ ।

त्यसैगरी, गत मङ्सिरमै प्रदेश ५ मा गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद पनि पूर्वाधार निर्माण नभएर तेस्रो पटक सारिएको छ ।