![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य एवं राप्रपा प्रजातान्त्रिक महिला संगठनकी संयोजक कमलादेवी शर्माको आज निधन भएको छ ।
पूर्वराज्यमन्त्री शर्माको उपचारको क्रममा र्मत्यु भएको थियो । उनको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको राप्रपा प्रजातान्त्रिक पाटिले जनाएको छ ।
राप्रपा नेपालको तर्फबाट उनी २०७० सालको संविधानसभामा कास्कीबाट समानुपातिक सांसद् थिइन् । पूर्ववर्ती शेरबहादुर देउवा सरकारमा उनी वन राज्यमन्त्री थिइन् ।
उनको आजै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । शर्माका तीन छोरी र एक छोरा छन् ।