२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार क्यापिटलमाथि बाेर्डले गर्याे कारबाही



अ+ अ-

काठमाडौँ : नेपाल धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावलीअनुसार काम नगरेको भन्दै विभिन्न चार क्यापिटललाई कारबाहीस्वरुप जरिवाना गरेको छ ।

बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार बोर्डले स्थलगत निरीक्षणका क्रममा व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा कूल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा भए पनि ती क्यापिटलले अधिक लगानी गरेको पाइएकाले कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

लगानीको क्षेत्र अनुसारको सीमाभन्दा अधिक हुने गरी लगानी गरी धितोपत्रसम्बन्धी ऐनको व्यवस्था उल्लङ्घन गरेकाले जरिवाना गरिएको बोर्डको भनाइ छ ।

प्रवक्ता गिरीका अनुसार एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, सिबीआईएल क्यापिटल लिमिटेडलाई रु ३५ हजार र एनआईसी एशिया क्यापिटललाई रु २५ हजार जरिवाना गरिएको छ ।

[googlepdf url=”http://newspolar.com/wp-content/uploads/2018/12/sebon-punishes-capitals.pdf” width=”100%” height=”600″]