• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ ★   शीतगृहले धरानका किसानलाई राहत ★   ‘दिवाली होस् या होली, अनुष्का लव कोहली’, ‘१० रुपैयाको पेप्सी, कोहली भाई सेक्सी’ ★   समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग ★   थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु ★   सङ्खुवासभामा पहिरोले तीन घर बगायो ★   जसपा नेपालको महाधिवेशन: अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै ★   सरकारी अस्पतालमा बिरामीले घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ: सचेतक बराल ★   आजको विकासको भोक मेट्न भावी पुस्ताले प्रकृतिको तिर्खा व्यहोर्नुपर्ने ढंगको अन्धाधुन्ध विनाश रोकौँ: महामन्त्री शर्मा ★   काँग्रेस सांसद यादवद्वारा मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग

आजको राशिफल : २०७८ मंसिर १२ गते, आइतबार



२०७८ मंसिर १२ गते, आइतवार, २८ नोभेम्बर २०२१। मार्ग कृष्णपक्ष नवमी तिथि। पूर्वफाल्गुनी नक्षत्र, १८ः०३ बजेदेखि उत्तरफाल्गुनी। चन्द्रराशि– सिंह।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सुखद समाचारले मनको डर उत्साहमा रूपान्तरण हुनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मिहिनेतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्न गर्दागर्दै पनि केही कमजोरी देखा पर्न सक्छन्। आलोचकहरूबाट पनि केही सजग रहनुपर्ला। मौकामा प्रयत्न गर्दा काम बन्नेछ। सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर खर्च बढ्नेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ।   

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। अरूको करकापमा काम गर्न बाध्य भइनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने परिस्थिति आउन सक्छ। सरसापटमा रकम बाहिरिन सक्छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्यांकनले जिम्मेवारी समेत दिलाउनेछ। तर आयस्रोत राम्रो भए पनि फजुल खर्च बढ्नेछ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। बलजफ्तीको व्यवहारले समस्या निम्त्याउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन सजग रहनुपर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

माहोल रमाइलो रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला। सामान्य कामलाई सञ्चित रकम खर्च हुनेछ। पहिले दिएकाे वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला।