१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ: गृहमन्त्री खाण
अ अ+ अ-

रुपन्देही  I  गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उहाँले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने र विधिको शासन अवलम्बन हुने धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाणले भन्नुभयो, “कांग्रेस कमजोर भए जनता कमजोर हुन्छन् । लोकतान्त्रिक मूल्य र पद्धति कमजोर हुन्छ । संविधान कमजोर हुन्छ । जनताका मौलिक अधिकार कमजोर हुन्छन् ।”

उहाँले जनता, लोकतान्त्रिक शासन व्यवस्था र संविधानलाई सबल बनाउन, मुलुकमा शान्ति सुरक्षा कायम गर्न, मुलुकमा समृद्धि ल्याउन कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताउनुभयो । पार्टीभित्र सहमति र सहकार्यले कांग्रेस बलियो हुने धारणा व्यक्त गर्दै उहाँले कांग्रेस बलियो बनाउने अभियान रुपन्देहीबाट सुरु भएको उल्लेख गर्नुभयो ।

रुपन्देही गृहमन्त्री खाणको गृहजिल्ला हो । रुपन्देही कांग्रेस जिल्ला अधिवेशनमा रामकृष्ण खाण सर्वसम्मतिमा जिल्ला सभापति निर्वाचित हुनुभएको छ । गृहमन्त्री खाणको पहलमा रुपन्देहीका सङ्घीय सांसदद्वय भरतकुमार शाह, प्रमोद यादव, कांग्रेस रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाक, रुपन्देही कांग्रेसका पूर्वसभापति रामचन्द्र ढकाल, प्रदेश सांसद अष्टभुजा पाठकलगायतको पहलमा जिल्ला सभापतिमा खाण सर्वसम्मत चुनिनुभएको हो ।

त्यस्तै जिल्लाको उपसभापतिमा थानेश्वर घिमिरे र अनिता शाह सर्वसम्मत भएका छन् । घोषणासभालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले निर्वाचनबाट चुनिएको सभापतिभन्दा सर्वसम्मतिले चुनिएको सभापतिको कार्यभार बढी हुने र सबैको साझा सभापति हुने बताउनुभएको थियो ।

काठमाडौँ जिल्ला अधिवेशन आज स् बाँनिया र कार्कीबीच प्रतिस्पर्धा   

नेपाली कांग्रेस काठमाडौँको जिल्ला अधिवेशन आज हुने भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला अधिवेशन हुन लागेको हो । पार्टीको निर्वाचन समितिले मङ्सिर १० गते जिल्ला अधिवेशन तोके पनि काठमाडौँमा भने आज हुन लागेको हो ।

निर्वाचन समितिले शनिबार नै मतदाता नावावली प्रकाशन गर्नुका साथै उम्मेदवारी दर्ता एवं उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले जानकारी दिनुभयो । काठमाडौँ कांग्रेसको सभापतिका लागि वर्तमान सभापति कृष्ण ९सबुज० बानियाँ र क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीबीच समूहसहित प्रतिस्पर्धा हुने भएको छ ।

बाँनिया समूहको उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्राडा अमिता प्रधानले उम्मेदवारी दिनुभएको छ । यस्तै कार्की समूहको उपसभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ, सचिवमा कुमारराज सुवेदी र सागर रञ्जित र सहसचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधानले उम्मेद्वारी दिनुभएको छ । रासस