३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई खेलकूद पोशाक वितरण



अ+ अ-

गलकोट । विद्यालयको वार्षिकोत्सवको अवसरमा यहाँको एक विद्यालयले विद्यार्थीलाई खेलकूद पोशाक वितरण गरेको छ । बागलुङ नगरपालिका–५ मालिकामा रहेको कृष्ण आधारभूत विद्यालयको ५८औंँ वार्षिकोत्सवको अवसरमा खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययन गर्ने ६७ जना विद्यार्थीलाई रु ७० हजार बराबरको खेलकूद पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताउनुभयो ।

विद्यालयले देउसी भैलो खेलेर सङ्कलन गरेर निर्माण गरिएकोे आर्थिक कोष र विद्यालय प्रेमीले विद्यालयमा स्थापना गरेको अक्षयकोषको ब्याजवापतको रकमबाट खेलकूद पोशाक वितरण गरिएको सापकोटाले बताउनुभयो ।

पछिल्लो समयमा विद्यार्थीलाई पढाइसँगै खेलकूदतर्फ आकर्षित गराउन खेलकूद पोशाक वितरण गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा हालै विद्युतीय हाजिरी मेसिन र सुझाव पेटिकाको व्यवस्था समेत गरिएको छ । चार कक्षासम्म अङ्ग्रजी माध्यमबाट पढाइ भइरहेको स्कुलमा प्रोजेक्टरको माध्यमबाट अध्यापन गर्न थालेपछि पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालको छ ।

बागलुङ नगरपालिका–५ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले विद्यालय आधुनिक प्रविधिमैत्री बन्दै अगाडि बढेकाले नमूना विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
रासस