३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीका प्रखर आलोचक एवम् खलपात्र प्रकाश राज चुनाव लड्दै(टुईटसहित)



अ+ अ-

खलपात्र भूमिकामा लोकप्रिय अभिनेता प्रकास राजले चुनाव लड्ने घोषणा गरेका छन् ।

उनले यसै वर्ष हुने लोकसभा चुनाव लड्ने घोषणा गरेका हुन्। उनले ट्वीटरमा नयाँ वर्षको शुभ-कामना दिदैं आगामी लोकसभा निर्वाचनमा आफ्नो दाबेदारी रहने उद्घोष गरेका हुन्।

उनी वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक हुन्। उनले गत वर्ष आफ्ना मित्र एवम पत्रकार गौरी लंकेशको हत्या भएपछि प्रधामन्त्री मोदीको मौनताले हत्याराहरूलाई प्रश्रय दिएको आरोप लगाएका थिए।

उनले देशका प्रधानमन्त्री मौन रहनु आफैमा लज्जाजनक भएको भन्दै चर्को आलोचना गरेका थिए।

धेरै मोदीविरोधी दलले आफ्नो पार्टीबाट राजनीतिमा आउन आग्रह गरेपनि उनी लोकसभामा निर्दलिय उम्मेदवार बन्दैछन्।
उनले आगामी सर्कार जनताको सरकार हुनुपर्ने पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन्।