१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन: अध्यक्षका प्रत्यासी भीम रावलको प्रचार सामग्री वितरणमा रोक



अ+ अ-

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनका क्रममा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका नेता भीम रावलको प्रचार सामग्री वितरणमा रोक लगाइएको छ । रावलका समर्थकहरुले बन्दसत्र प्रवेश स्थलको मुल गेट नजिक पर्चा वितरण गरेपछि  निर्वाचन आचारसंहिता  बिपरीत भएको भन्दै वितरणमा रोक लगाएको जनाइएको छ ।

रावलका समर्थकहरुले ‘मेरो उम्मेदवारी किन ?’ भन्ने प्रचार सामग्री वितरण गरेका थिए । रावलका समर्थकले वितरण सामग्रीहरु स्वयंमसेवकहरुले खोसेका थिए । सहमतिमा नै केन्द्रीय कार्यसमिति छनौट गर्ने प्रयास भै रहेको बेला नेता रावलले आफ्नो उम्मेदवारी कायम रहेको रहेको बताउँदै आउनु भएको छ ।