काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक सरिफा पन्तसहित दुईजना पाँच हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले टोलीले सेवाग्राहीसँग घुस रकम लिएको गोप्य सूचनाका अधारमा पन्त र अर्का खगेन्द्र बोहोरालाई पक्राउ गरेको हो ।
पन्तले सोही कार्यालयमा विचौलियाको काम गर्ने खगेन्द्रले काम गराइदिने भन्दै सेवाग्राहीबाट बारम्बार घुस लिएको अख्तियारको टोलिले जनाएको छ ।
उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकोले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भन्दै स्रवाग्राहीबाट घुस लिएका थिए ।