१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

लेबान्डोस्कीले पाउलान् त यसवर्षको बालोन डिओर ?

लेबान्डोस्कीले पाउलान् त यसवर्षको बालोन डिओर ?
अ अ+ अ-

पेरिसः यस वर्ष सन् २०२० को पुरुषतर्फको उत्कृष्ट फुटबल खेलाडीको उपाधि पोल्यान्डका अन्तर्राष्ट्रिय फुटबलर रोबर्ट लेबान्डोस्कीले प्राप्त गर्ने सम्भावना बढेर गएको छ । तर उनको अघिल्तिर उही लियोनेल मेस्सी तगारो बनेर उभिइरहेका छन् ।

मेस्सी पनि सातौं पटक “बालोन डिओर” वर्ष खेलाडीको उपाधि हात पार्ने दौडमा छन् । पछिल्लो वर्ष उत्कृष्ट फर्ममा देखिएका लेबान्डोस्कीले २९ खेलबाट ४१ गोल गरेका थिए । लेबान्डोस्कीको पक्षमा बायर्न म्युनिख टिमका साथी थोमस मुलर र मुख्य प्रशिक्षक जुलियान नागेल्समानको पनि समर्थन छ ।

३३ वर्षीय लेबान्डोस्की हाल जर्मन बुन्डेसलिगाको बायर्न म्युनिखबाट खेलिरहेका छन् । उनले सन् २०२० मा पुरुषतर्फ फिफाको उत्कृष्ट खेलाडीको पुरस्कार पाएका थिए ।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुबैले १२ पटक बालोन डिओरको उपाधि जितिसकेका छन् । सन् २०१८ मा लुका मोड्रिकले रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन तथा आफ्नो देश क्रोएसियालाई विश्वकप फुटबलको फाइनलमा पु¥याउन महत्वपूर्ण योगदान दिएको भन्दै यो पुरस्कार प्राप्त गरेका थिए ।

अर्जेन्टिनी स्टार मेस्सीले बार्सिलोना छाडेर फ्रान्सको पेरिस सेन्ट–जर्मेनमा नयाँ सत्र शुरु गरेपछि पनि टिमका लागि ३० गोल गर्नुका साथै बार्सिलोनालाई कोपा डेल रे को उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए ।

गत जुलाईमा सम्पन्न कोपा अमेरिकाको उपाधि जिताउन पनि मेस्सीको योगदान उत्कृष्ट रहेको थियो । त्यस खेलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरेर कोपा अमेरिका कपको उपाधि चुमेको थियो । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जितेर इतिहास निर्माण गरेको थियो ।

मेस्सीले काटालान स्पोर्ट दैनिकसँग कुरा गर्दै आफूले देशका लागि सर्वोत्कृष्ट योगदान गरेको स्मरण गरेका थिए ।

रोनाल्डोले भने सन् २०१७ मा अन्तिम पटक बालोन डिओरको उपाधि उचालेका थिए । हाल म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर रोनाल्डोले हालसम्म छ पटक यो उपाधि जितेका छन् ।
रियल म्याड्रिडका करिम बेन्जामाको पक्षमा थिएरी अन्री, जिनेदिन जिदान र टेनिस स्टार राफायल नाडालले समर्थन गरेका छन् ।

इटालीको युरो–२०२० का पाँच खेलाडी पनि शर्टलिस्टमा परेका छन् जसमा चेल्सीका मिडफिल्डर एवं च्याम्पियन्स लिग विजयी जोर्जिन्होको नाम पनि समावेश छ । केलिएन एम्बापे, एर्लिङ हल्यान्डलाई भावी प्रतिस्पर्धीका रुपमा हेरिएको छ । साथै ब्राजिलका नेमार र लिभरपुलका स्ट्राइकर मोहमद सलाह पनि आगामी वर्षका दाबेदार हुन सक्नेछन् ।

बालोन डिओरका उपाधि विजेताहरु
सन् २००८ – क्रिस्टियानो रोनाल्डो
सन् २००९ – लियोनेल मेस्सी
सन् २०१० – लियोनेल मेस्सी
सन् २०११ – लियोनेल मेस्सी
सन् २०१२ – लियोनेल मेस्सी
सन् २०१३ – क्रिस्टियानो रोनाल्डो
सन् २०१४ – क्रिस्टियानो रोनाल्डो
सन् २०१५ – लियोनेल मेस्सी
सन् २०१६ – क्रिस्टियानो रोनाल्डो
सन् २०१७ – क्रिस्टियानो रोनाल्डो
सन् २०१८ – लुका मोड्रिक
सन् २०१९ – लियोनेल मेस्सी

एएफपी