७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी कर्मचारीको रबैया, २५ लाख घूससहित करोडौंको जग्गा किर्ते



अ+ अ-

काठमाडौं। मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ । साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ ।

चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद अर्याल, नायब सब्बा सुरेन्द्र तामाङ तथा खरिदार लक्ष्मण बस्नेतले २५ लाख रकम घूस लिएर श्रेता नै सच्चाएर अर्को नक्कली व्यक्ति खडा गरी जग्गा दर्ता गराएको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।

यसरी नक्कली व्यक्ति खडा गरी जग्गा हडपेको भन्दै सक्कली जग्गा धनीले आयोगमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यही पुस ८ गते दर्ता भएको दर्ता नं. ११७१५ को उजुरीमा मालपोत कार्यालय चावहिलका तीन जना कर्मचारीले नक्कली व्यक्ति खडा गरी लालपुर्जा बनाएकाले कारबाहीको माग गरिएको छ ।

साविकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गामा सर्वोच्च अदालतबाट गएको साउन ३० गते भएको फैसलाबामेजिम जग्गा दर्ता गराउनुपर्नेमा सम्बन्धित व्यक्तिले छानविन गरेर मात्रै जग्गा दर्ता प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरिसकेको अवस्थामा मालपोत कार्यालयका तीन जना कर्मचारीको विशेष पहलमा गैरकानुनी काम भएको उजुरीमा उल्लेख गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रले लेखेको छ ।