६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

स्थानीय निकायलाई दिइएको अधिकारको सदुपयोग गरौँ – सहमहामन्त्री डा.महत

स्थानीय निकायलाई दिइएको अधिकारको सदुपयोग गरौँ – सहमहामन्त्री डा.महत
अ+ अ-


नुवाकोट । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले हाल स्थानीय निकायलाई प्राप्त अधिकारको सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् । यस अधिकारको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै डा.महतले भने, नेपालको संविधानले स्थानीय नियकालाई असीमित अधिकार दिएको छ यो अधिकारको सही सदुपयोग गरी गाउँकै विकासमा लगाउनुपर्छ ।
गाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने र गाउँका लागि आएको बजेट आफ्नै ठानेर एकीकृत विकास आयोजनाको अवधारणाका साथ समुदायको अधिकतम हित हुनेगरी सो क्षेत्रमा लगाउनुपर्ने सुझाव उनले दिए ।
टोलकुमारी खड्गबहादुर महत स्मृति प्रतिष्ठानद्धारा आज नुवाकोटको पञ्चकन्या गाउँपालिका, कबिलासमा अवस्थित शान्ति विद्या आधारभूत विद्यालयका विद्यार्थीहरुलाई झोला तथा न्यानो कपडा वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले स्थानीय निकायको काम भनेको सिंहदरबारको आँखा नपुग्ने ठाउँमा जनताको घर आँगनमै रहेर जनताको सेवा गर्नु हो, तर करमााथि कर थोपरेर जनतालाई दुःख दिनु होइन भने ।
सहमहामन्त्री डा.महतले तर वर्तमान ओली सरकारले भने जनतालाई विकास र सुख सुविधा होइन कि जेमा पनि करमात्र लगाएर जनतालाई दुःख मात्र दिएको भन्दै आलोचना गरे । उनले भने, यो सरकार जनतलाई विकास तथा सुविधा दिन आएको होइन बरु हुने नहुने कामको आश्वासन र करमात्र थोपरेर जनतालाई दुःख मात्र दिन आएको हो ।
उनले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा ओर्लिएको र त्यसको हरहिसाब जनताले एक एक गरेर राखिरहेको बताए । सरकारका यस्ता कैयौँ संस्थागत भ्रष्टाचारहरुमध्येको एक उदाहरण वाइडबडी प्रकरण हो, उनले भने ।
सो प्रतिष्ठानकी अध्यक्ष विना महतले नुवाकोट जिल्ला र त्यसमा पनि कबिलास आफ्ना भावनात्मक सम्बन्ध रहेको स्थान भएकोले यस क्षेत्रको विकासका लागि आफू सक्दो रुपमा प्रयत्नरत रहेको र आगामी दिनमा पनि यसको विकासमा लाग्ने प्रण गर्नुभयो ।
यस प्रतिष्ठानले उक्त विद्यालयमा छात्रवृत्ति वितरण गर्ने तथा विद्यार्थीहरुलाई झोला लगायतका सामग्री र जाडो मौसममा न्यानो कपडा वितरण गर्दै आएको छ । साथै नुवाकोट जिल्लामा आधारित रहेर उक्त प्रतिष्ठानले केही वर्षदेखि एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । विसं २०७२ को भूकम्पबाट पीडितहरुलाई पनि सो प्रतिष्ठानले पुराएको थियो ।
सो प्रतिष्ठान डा. प्रकाशशरण महतका माता स्वर्गीय टोलकुमारी र पिता खड्गबहादुरको स्मृतिमा स्थापना गरिएको हो । यस संस्थाले नुवाकोटमा आधारित रहेर विभिन्न समाजसेवाका कार्य गर्दै आएको छ ।