• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

साधारण शेयरलाई संस्थापक शेयरमा परिणत गर्न नपाइने




काठमाडौँ : नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ ।

बैंकले आज निर्देशन जारी गर्दै एकै बजारमा साधारण शेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुईपटक गरेर संस्थापक शेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरीद, बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिकरुपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वघोषणा विवरण प्राप्त भएको अवस्थामा भने बाँकी रहेका सदस्यले संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । एकपटक सर्वसाधारण शेयरमा परिणत गरेको शेयर पुनःसंस्थापक समूहको शेयरमा परिणत गर्न नपाइने व्यवस्थासमेत निर्देशनमार्फत गरिएको छ ।

संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति वा संस्था कालोसूचीमा रहेको भए निजको शेयर बैंक वा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ ।

संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा दुईपटक मात्रै गर्नसमेत भनिएको छ ।

यस्तै बैंकले कार्यक्षेत्र विस्तार तथा बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने विषयमा समेत आजै निर्देशन जारी गरेको बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।