• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

उत्कृष्ट युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’



काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक युवा खेलाडीलाई ‘मणिविक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गर्ने भएको छ ।

एन्फाले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रिय टोलीका पूर्वकप्तान स्वर्गीय शाहको स्मृतिमा सो पुरस्कार प्रदान गर्न लागिएको जनाएको हो । अवार्ड प्राप्त गर्ने खेलाडीले रु एक लाख प्राप्त गर्नेछन् । शाहको गत वैशाखमा निधन भएको थियो ।

शाहजस्तो उत्कृष्ट खेलाडीको नाममा पुरस्कार स्थापना गर्दा उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने एन्फाले जनाएको छ । शाहले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने गरी थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एशियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको ‘फ्रि किक गोल’को चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।

उक्त अन्तिम चरणमा उक्त खेलमा २–१ ले पछि परेको नेपाललाई मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्नाका साथै ‘पेनाल्टी सुटआउट’मा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली राष्ट्रिय टोलीबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिले अन्तर्राष्ट्रियस्तरमा छ गोल गरेका थिए ।