• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु

मिडियासामु आइन रविकी पूर्वपत्नी ईशा : रविलाई लाग्यो यस्तो गम्भीर आरोप



काठमाडौं । “नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी ।” म्यासेन्जरको आवाजसंगैको म्यासेज थियो । परिचयसहित रिप्लाई नहुँदै ईशाको म्यासेज आयो, “मसंग रविका बारेमा केही भन्नुछ तपाईले मिडियामा छापेर सहयोग गरीदिनुहुन्छ भने ।”
तुरुन्तै ईशाको फेसबुक वालमा नजानुको विकल्प थिएन् । केही पोष्टहरु थिए जस्ले ईशा र रवि लामिछानेको सम्बन्धलाई प्रष्ट्याउथे ।
रवि अर्थात उनै रवि जो अहिले सामाजीक सञ्जालमा छाईरहेका छन् । सिधा कुरा जनतासंग प्रशारणसंगै बेथीति र समाजका कर्तुतबारे चर्को आवाज गर्ने कार्यक्रम प्रस्तोता । ३ करोड नेपालीका भगवान भनेर सामाजीक सञ्जाल फेसबुकतिर बनेका उनका नामका पेजबारे पनि अनविज्ञ छैन् । ईशा लामिछाने नाम गरेको केटीले एउटा म्यासेज गर्दैमा पत्याईहाल्ने कुरा पनि भएन । उनको म्यासेज यसरी आएको थियो कि त्यसको रिप्लाई मैले एउटा गर्न नपाउदै अरु थुप्रै कुरा उनले लेखीसकेकी हुन्थीन् । केही समयअघि मात्र नेपाल आएर अमेरीका उडीसकेकी ईशाले अमेरीकाबाट च्याटमा केही तस्विरहरु पठाएकी थिईन् ।
२५ बर्षअघि रवि र ईशाको बिहे भएको उनको भनाई छ । २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । ईशाले बाउछोरीको फोटो पठाईन् । “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन फोनमा ।
रवि लामिछानेले आफुलाई मात्र नभई अरु महिलालाई पनि बबार्द पारेको उनको दावि छ । “मसंगै हुँदा पनि उस्ले अरु दुईवटा महिलाहरु राखेको थियो । एकजना अमेरीकी महिलाको नाम लैला सर्जाद हो । त्यो महिलातर्फ पनि रविको एउटा छोरो छ ।”
ईशाले यसरी भनिरहेकी छन् की, मैले पत्याउन सकिरहेको छैन् । किनकी रविले यस्तै अन्यायमा परेका महिलाहरुलाई टेलीभिजनको स्किृनमा बसेर अन्याय गर्नेलाई लाईभ स्ट्रीमिड्डमा ल्याएर, झपारेर, थर्काएर, धम्काएर भएपनी माफी मगाएका छन्, कारबाही दिलाएका छन् । रुदैँ स्टुडीयो पसेका महिलालाई न्याय टप्प थमाईदिएका छन् ।
ईशाले मुख फोरिन, “म संग डिभोर्स गरेकै बेला निकिता पौडेलसंग ईङ्गेजमेन्ट गरेको छ ।” केही आत्तीएको भावमा उनले बोलीन सायद अब केही दिनमा बिहे गर्छ होला, उस्ले बिहे गरोस् मेरो कुनै गुनासो रहेन तर मलाई २५ बर्षसम्म किन चिटिङ गरिरह्यो । दुई दुई वटी छोरीको भविष्यमाथी खेल्यो किन खेल्यो ।”
निकिता पौडेल अर्थात चलचित्र विकास बोर्डकी अध्यक्ष, उनका वुवा उद्धव पौडेल गोपिकृष्ण हलका मालिक । निकिता संगको बिहेको कुरामा ईशाको यती जोड थियो कि उनी बबार्द भएर रविले यता अर्को लगनगाँठो पार्दैछन् जुन उनका लागि पिडादायक थियो ।
रविबाट आफुलाई अन्याय भएको भनीरहेकी ईशाले थपिन, “तपाईहरुलाई थाहा छैन, रविको असली रुप २५ बर्षसम्म मैले भोगेको छु ।” रविले अहिले गरिरहेको काम र उनको लोकप्रियताबारे जानकार ईशाले आफुलाई गरेको अन्यायबारे दुनियाले थाहा पाउनुपर्ने बताउदै थिईन् ।”
“रविले म संग गेम रच्यो रु म संग खेल्यो, मैले उसका लागि गरेको कुनै अर्थ नै भएन् ।” ईशाले बोलीरहिन्, “रविले आफ्नो परिवारलाई रुवाएर दुनियालाई भाषण दिएर हिँडेको छ ।”
ईशा र माईतीमा टर्चर
“रविले पैसा दिएर मलाई डिभोर्सका लागि दवाव दिएको हो ।” केही महिनाअघिमात्र आफै डिभोर्स पेपरमा साईन गरेर जानुभएको होईन भन्ने प्रश्नमा उनको जवाफ । “तिमिहरुको ममिले डिभोर्स नदिए अमेरीकाको सबै घर मै लिन्छु, अनी तिमिहरुको बिजोग हुन्छ भनेर छोरीहरुलाई धम्कायो ।” उनले भनिन्, त्यसपछि मैले छोरीहरुको मुख हेरेर, उनीहरुको भविष्य सम्झेर मेरा खुसी डिभोर्स पेपरमा बन्धक राखेँ ।”
ईशासंग केहीदिनदेखी उनको समस्या र पिडाबारे कुरा चलीरहेको थियो । लेख लेख्नु अघिल्लो रात ईशाले माईतीमा रविले टर्चर दिन थालेकोे सुनाईन । “मेरो दाईलाई र परिवारलाई टर्चर दिएको छ, मैले मिडियामा बोल्न थालेँ भनेर ।”
“न्युज नछाप्न भन्दै दाईले अहिले को को लाई फोन गर्दै बस्नुभएको छ ।” उनले भनिन् । उनले रवि र आफ्नो छोडपत्र गराउन चलचित्र बोर्डकी अध्यक्ष निकिता पौडेल, विज्ञापन व्यवसायी निर्मल पौडेल र रविका सहयोगी दिपक बोहोर हात धोएर लागेको बताईन् । “मलाई रातदिन च्याटमा रविलाई छाडि दे रविलाई छाडिदे भन्नेहरु यी नै हुन् ।” निकिता र दिपकतर्फ संकेत गर्दै उनले भनीन्, “उनीहरुले पनि पैसामा मलाई पन्छाउन लागि परेका हुन् ।”

रविको यस्तो छ जवाफ :