• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ ।

गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराउदै अपराजित यात्रा टुंगाएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे ।

लिभरपुलकालागि रोबर्टो फर्मिनोले एक गोल फर्काए पनि जितको लागि प्रयाप्त भएन ।

खेलको ४०औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको ६४औं मिनेटमा फिरमिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । तर ७२औं मिनेटमा लिभरपुलले अर्को गोल खान पुग्यो । यो पटकभने सानेले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा लिभरपुलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।


जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको चार अंकको अन्तर कायम गरेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४८ अंक छ ।

४४ अंकका साथ चेल्सी चौथो, ४१ अंकका साथ आर्सनल पाँचौ तथा ३८ अंकका साथ म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा छन् ।