• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

घरेलु टोली भिल्लारियलसँग रियल मड्रिड रोकियो



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल फर्काएपनि जितको लागि प्रयाप्त भएन।

खेलको चौथो मिनेटमा नै कार्जोलाले मड्रिड बिरुद्द गोल गर्दै भिल्लारियललाई १–० को अग्रता बनाएको थियो । तर भिललारियाले सो अग्रता कायम गर्न नसक्दा खेलको सातौं मिनेटमा नै गोल खान पुगेको थियो । बेन्जिमाले सातौं मिनेटमा गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरीमा पुर्याए । भरानेले गोल गर्दै २०औं मिनेटमा रियल मड्रिडले २–१ गोलले अगाडि ल्याएका थिए ।

पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेलको ८२औं मिनेटमा कार्जोलाले ब्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियललाई २–२ गोलको बराबरीमा पुर्याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

लिगको चौथो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३० अंक भएको छ । यता, समान खेलबाट भिल्लारियलले १६ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १७ खेलबाट ३७ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३४ अंक छ । त्यस्तै, समान खेल खेलेको सेभिल्ला ३२ अंकको साथमा लिगको तेस्रो स्थानमा छ ।