• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

जबर्जस्ती करणी र लेनदेन मुद्दामा फरार तीन जना पक्राउ



लहान । जबर्जस्ती करणी र लेनदेन बिगो मुद्दामा फरार रहेका दुई महिलासहित तीन जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले जबर्जस्ती करणी मुद्दामा फरार रहेका सिरहाको विष्णुपुर गाउँपालिका–३ निवासी २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरीले जनाएको छ ।

यस्तै लेनदेन बिगो मुद्दामा फरार सिरहा नगरपालिका–१२ सारस्वर निवासी ३८ वर्षीया अनिता देवी सहनी र सोही ठाउँकी ४० वर्षीया भक्ति खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

अवैध समानसहित दुई पक्राउ

प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु दुई लाख मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा अवैध सामानसहित कल्याणपुर नगरपालिका–९ निवासी २४ वर्षीय सन्तोषकुमार यादव र बरियारपट्टी गाउँपालिका–३ निवासी २२ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ३५४ थान लेडिज स्काफ, कालो मरीच १२५ किलो बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय नरहाले दुई टिन खाने तेल, २५ किलो पास्ता तथा प्रहरी चौकी औरहीले मोटरसाइकलसहित ८० लिटर नागाजी खाने तेललगायतका समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।