• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट ★   प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

मुख्यमन्त्री पौडेलको सल्लाहकारमा थपलिया



चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता जगन्नाथ थपलिया प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

थपलियाका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्यमन्त्री पौडेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।

थपलिया नेकपाको प्रदेश नं ३ का सदस्य हुनुहुन्छ । तत्कालीन नेकपा एमाले चितवनका पूर्वअध्यक्ष थपलियाले अनेरास्ववियूको केन्द्रीय सचिव, नेपाल कमर्स क्याम्पस मिनभवनको दुईपटक स्ववियू सभापति, होटल मजदूर युनियन केन्द्रीय समितिको संस्थापक संयोजक, जिल्ला विकास समिति चितवनको उपसभापति रहेर पार्टीमा योगदान पुर्याउनु भएको छ ।

खैरहनी नगरपालिका वडा नं ८ निवासी थपलियाले व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखका रुपमा रहेर काम गरिसक्नुभएको छ । सल्लाहकार नियुक्त भएपछि उहाँले प्रदेश नं ३ लाई विकासमा अग्रणी प्रदेशका रुपमा स्थापित गराउन सहयोगी बन्ने बताउनुभयो ।
रासस