• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता ★   संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई ★   भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

प्रहरी हिरासतमा चार बिरामी



कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् ।

कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् ।

बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ ।

चिसोका कारण उनीहरु बिरामी परेका महाकाली अञ्चल अस्पतालले जनाएको छ । महाकाली अञ्चल अस्पतालका डा वैभव भट्टले चारै जनाको उपचार गरिएको बताउनुभयो ।

उपचारका लागि ल्याइएका चारै जनाको अवस्था बिहीबार साँझ ४ बजेसम्म सामान्य रहेको छ । डा भट्टका अनुसार रामनाथ योगीको मुटुको शल्यक्रिया गरिएकाले उहाँलाई चिसोबाट बचाउनुपर्ने देखिएको छ ।

भट्टलाई ग्याष्ट्रिक, धाँमीको श्वासप्रश्वासमा समस्या र विष्टको टाउको दुखेको चिकित्सक भट्टको भनाइ छ । डा भट्टले चारै जनालाई न्यानो ठाउँमा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

रासस