• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त ★   विश्वविजेता भारतीय टोली ३६ घण्टा बार्बाडोसमै फस्यो, चार्टर्ड उडानबाट फिर्ता ल्याउने तयारी ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   गिरिजाप्रसाद कोईरालालाई स्मरण गर्दै नेताहरुले भने: शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन ★   झापामा हात्तीको त्रास, चालु आवमा छ जनाको मृत्यु ★   डेङ्गु सङ्क्रमणको जोखिम रोक्न उच्च सतर्कता ★   सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

सरकारले बनाएको वाइडबडी छानबिन आयोग मान्य छैन: मिनेन्द्र रिजाल



काठमाडौँ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले वाइड बडी खरिदको छानबिन गर्न सरकारल बनाएको उच्चस्तरीय छानबिन आयोग मान्य नहुने सङ्केत गरेका छन् । उनले सरकारबाट संचालित छानबिन टोलिको वास्ता नगरी संसदीय समितिले काम अघि बढाउनु पर्ने बताएका छन्।

सार्बजनिक लेखा समितिको शुक्रबारको बैठकमा बोल्दै सांसद रिजालले सरकारले बनाएको त्यस्तो समितिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि सहयोग गर्न नहुने बताएका हुन् । रिजालले प्रश्न गरे , सरकार आफैले बनाएको छानबिन टोलि को बाट नियन्त्रित हुन्छ ?

‘उपसमितिलाई हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो भन्ने ठानेका होइनौं तर प्रतिवेदनबारे मिडियामा समाचार आयो भन्दैमा अनियमितता नभएको भन्न मिल्दैन,’ रिजालले भने, ‘संसदीय उपसमितिको प्रतिवेदन आएपछि सरकारले आयोग बनाएको छ। त्यो आयोगलाई हामीमात्र होइन अख्तियारले पनि चिन्न हुँदैन। सरकारको त्यो निर्णयमा हामी कुनै सरोकार राख्न हुँद‌ैन।’

उनले आयोग गठन भएपछि प्रभावित भएर समितिले अर्को निर्णय गरे संसदकै उपादेयता सकिने बताए।
‘यदि यस्तो भयो भने राजनीतिले पनि अरू बाटा समात्छन्। संसदमा सत्यको बोली बन्द हुन थाल्यो भने के हुन्छ?,’ रिजालले प्रश्न गरे।