२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बनाएको वाइडबडी छानबिन आयोग मान्य छैन: मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले वाइड बडी खरिदको छानबिन गर्न सरकारल बनाएको उच्चस्तरीय छानबिन आयोग मान्य नहुने सङ्केत गरेका छन् । उनले सरकारबाट संचालित छानबिन टोलिको वास्ता नगरी संसदीय समितिले काम अघि बढाउनु पर्ने बताएका छन्।

सार्बजनिक लेखा समितिको शुक्रबारको बैठकमा बोल्दै सांसद रिजालले सरकारले बनाएको त्यस्तो समितिलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि सहयोग गर्न नहुने बताएका हुन् । रिजालले प्रश्न गरे , सरकार आफैले बनाएको छानबिन टोलि को बाट नियन्त्रित हुन्छ ?

‘उपसमितिलाई हामीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग हो भन्ने ठानेका होइनौं तर प्रतिवेदनबारे मिडियामा समाचार आयो भन्दैमा अनियमितता नभएको भन्न मिल्दैन,’ रिजालले भने, ‘संसदीय उपसमितिको प्रतिवेदन आएपछि सरकारले आयोग बनाएको छ। त्यो आयोगलाई हामीमात्र होइन अख्तियारले पनि चिन्न हुँदैन। सरकारको त्यो निर्णयमा हामी कुनै सरोकार राख्न हुँद‌ैन।’

उनले आयोग गठन भएपछि प्रभावित भएर समितिले अर्को निर्णय गरे संसदकै उपादेयता सकिने बताए।
‘यदि यस्तो भयो भने राजनीतिले पनि अरू बाटा समात्छन्। संसदमा सत्यको बोली बन्द हुन थाल्यो भने के हुन्छ?,’ रिजालले प्रश्न गरे।