५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली

बाबुको मृत्यु, आमा अर्कैसँग, तीन बालकको बिचल्ली
अ+ अ-

पर्वत जन्म दिने बाबुको अकालमै मृत्यु हुनु र आमा दोस्रो विवाह गरी गएपछि उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था कस्तो होला र? हामी सहजै अनुमान गर्न सक्छौँ, निकै दयनीय । यहाँको एक दलित समुदायका तीन बालक यस्तै बिचल्लीमा परेका छन् ।

पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमैका तीन छोरा बिचल्लीमा परेका हुन् । धनबहादुरको २०७४ मङ्सिर १४ गते मृत्यु भएको हो भने उहाँका दुई श्रीमती सावित्री दमै विगत चार वर्षअघि र कान्छी श्रीमती देवी परियार दुईवर्ष अघि दोस्रो विवाह गरी छाडेर गए । देवीतर्फका छोरा विवेक दमै र सावित्रीतर्फ जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् । उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा जीवनयापन गर्दै आएका छन् ।

जग्गा जमीनको नाममा सानो झुप्रोबाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत नहुँदा बिहान बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौधौ परेको हजुरआमा गौमती दमैले बताउनुभयो । सत्तरी वर्षीय हजुबुबा केदार दमै गाउँमै मजदूरी पेशा गर्दै आउनुभएको छ । “उहाँले काम पाउँदाको दिन र कमाइ भएको दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खानसमेत पाउने अवस्था छैन”, हजुरआमा गौमतीले रुँदै भन्नुभयो, “मेरो परिवारमा बज्रपातनै पर्यो ।”

पन्ध्र वर्षीय विशाल कक्षा ९, १४ वर्षीय विवेक कक्षा ७ र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाइएको छैन, जाडो महीना छ, गतिलो कपडासमेत लगाउन नपाउँदा बालक झनै समस्यामा परेका छन् ।

अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने ओच्छ्याउने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताउनुभयो । “सहयोगको नाममा नगरपालिकाले रु १० हजार सहयोग गरको थियो । सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ”, उहाँको दुखेसो पोख्नुभयो ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल सरुवा भएर आएपछि भने बालकलाई भगवाननै आए जस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारको राहतका लागि पहल गर्दै आउनुभएको छ । गत वैशाखमा सरुवा भएर आउनुभएका ढकालले गत जेठ महीनामै बालकहरूको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले नियमितरूपमा मासिक रु ६ हजार परिवारले पाउने गरेको छ । स्थानीय वडाको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक रु दुई/दुई हजारका दरले सहयोग गर्दै आएको छ ।

उक्त परिवारले गत असार महीनादेखिनै मासिक रु ६ हजारका दरले हालसम्म रु ४२ हजार बुझिसकेको छ । रकम आउन थालेपछि भने नातिलाई नियमितरूपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताउनुभयो । गतिलो लुगा लगाउन, ओढ्ने, ओच्छ्याउने कपडा किन्न नपुगे पनि बिहान बेलुकाको छाक टार्न र कलम कापी किन्नका लागि निर्वाह भएको गौमतीले बताउनुभयो । “बाबालिकालाई पढाउन कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिए कि भन्ने आशा गरेका छौँ”, जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भन्नुभयो, “यही सहयोग पनि सिडियो सरले मिलाइदिनुभयो, हामीलाई भगवान आएझैँ भएको छ ।”

प्रमुख जिल्ला अधिकारी ढकालले बालबालिकाको भविष्य राम्रो बनाउन आफूले सहयोगी निकाय खोजी गरेको बताउनुभयो । उहाँले उनीहरूलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफूले निरन्तररूपमा गरिरहेको बताउनुभयो ।

बालकहरूले आफूलाई जन्म दिने आमाबाबु नहुँदा निकै असहज भएको गुनासो गरेका छन् । “वृद्ध भएका हजुरबुबा हजुरआमा हुनुहुन्छ”, विवेकले भन्नुभयो, “उहाँहरू पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।” कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर शिक्षक र डाक्टर बन्ने आफूहरूको इच्छा रहेको बालकहरूले बताए ।