५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ
अ+ अ-

तिरुवनंतपुरम । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

दक्षिण भारतीय राज्य केरलामा अवस्थित हिन्दु धर्मावलम्बीहरुको सबरीमालामा परम्परागतरूपमा महिलालाई निषेध गरिएको र मन्दिरमा परम्पराविपरित गएर महिलाले प्रवेश गर्न लागेको भन्दै गत बुधबारबाट विरोध र झडपसमेत शुरु भएको थियो ।
प्रवेश निषेध गरिएको इलाकाबाट पनि करिब ६ सय भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रमोदकुमारले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।
यद्यपी महिलालाई पनि मन्दिर प्रवेश गर्न दिनुपर्ने आदेश अदालतले केही समय पहिले नै दिएको थियो । तर अहिले पनि महिलाले मन्दिर प्रवेश गर्न पाएका छैनन् । उनीहरुलाई स्थानीयले रोक्दै आएका छन् ।
स्थानीयको विरोधमा लाखौँ महिला अधिकारीवादी, कलाकार, मानअधिकारवादीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रर्दशन गर्दै आएका छन् ।
यस विषयमा धार्मिक दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले उच्च सुरक्षा शतर्कता अपनाएको र प्रदर्शन जारी रहेका क्षेत्रमा तनाव भए पनि शान्तिपूर्ण भएको प्रवक्ता प्रमोदले बताउनु भएको छ ।

साबरीमाला मन्दिरमा महिलाहरूलाई प्रवेश गर्न दिन सर्वोच्च अदालतले गत सेप्टेम्बरमा आदेश दिएको थियो । सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न नदिइने परम्परा रही आएको छ र त्यस परम्पराको महिलाले विरोध गरेका छन् ।

रजस्वला हुँदा अपवित्र हुने मान्यता राख्ने यहाँका हिन्दूवादी स्थानीय नागरिकले महिलाहरूले धार्मिक कार्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न हुँदैन भन्ने प्रचलन रहेको भन्दै उनीहरुलाइए रोकेका छ ।

यस्तो प्रचलनबाट लैङ्गिक रुपमा भेदभाव भएको भन्ने मुद्दा परेपछि अदालतले मन्दिर प्रवेशमा निषेध नगर्न आदेश गरेको हो ।

तेस्रो महिला प्रवेश

यसैबीच प्राप्त अर्को एक पछिल्लो समाचारअनुसार उक्त मन्दिरमा विरोधका बाबजुद पनि एकजना महिला शुक्रबार प्रवेश गरेको बताइएको छ ।

उक्त मन्दिरमा गएको बुधबार दुई जना महिला प्रवेश गरेपछि विरोध भएको थियो । स्थानीय नागरिकले सो विरोध गरेका थिए । उक्त विरोध पछि कैयौँ व्यक्तिलाई पक्राउ गरिएको छ र स्थानीयले कुनै पनि हालतमा सो मन्दिरमा महिलालाई प्रवेश गर्न नदिने बताएका छन् ।

शुक्रबार एकजना महिला जबर्जस्ती प्रवेश गरेको र उनलाई प्रहरीले सुरक्षा दिएको स्थानीय समाचारमाध्यमले जानकारी दिएका छन् ।
रासस