६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस, वरिष्ट अधिकृतहरू रूष्ट

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस, वरिष्ट अधिकृतहरू रूष्ट
अ+ अ-

काठमाडौं । दुरसंचार प्रदायक संस्था नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको हो ।

सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रबन्ध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद हाल रिक्त छ ।

टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले अधिकारी, पहाडी र आचार्यलाई छनोट गरेर सिफारिस गरेको सञ्चार मन्त्रालय स्रोतले बताएको छ ।

टेलिकम्युनिकेसन इन्जिनियर अधिकारी हाल १० तहमा छन् । उनी खुल्ला प्रतियाेगिताबाट १० तहमा बढुवा भएका थिए । उनीभन्दा संगीता पहाडी ४,५ वर्ष वरिष्ट रहेकाे टेलिकम स्राेतले जनाएकाे छ ।

तर, टेलिकममा ११ तहमा २० जनाभन्दा बढी संख्यामा प्रवन्धकहरू कार्यरत छन् । मन्त्रीकाे प्रत्यक्ष कृपा नहुने र परीक्षा प्रणाली देखावटी मात्र भएकाे भन्दै तह ११ का काेही पनि उच्च कर्मचारीले प्रवन्ध निर्देशकमा अावेदन गरेका छैनन् ।

मन्त्री बास्काेटाका अति निकट मानिएका र मन्त्रिकाे हरेक विदेश भ्रमणमा सँगै हिँडडुल गर्ने अधिकारी २०५७ मा सात तहमा सेवा प्रवेश गरेका हुन् । उनी अहिले एमडीकै कार्यकक्षमा प्राविधिक सल्लाहकारका रूपमा गत भदाैदेखि कार्यरत छन् ।

अझ, उनै अधिकारीका लागि मन्त्री बास्काेटाले प्रवन्ध निर्देशककाे याेग्यता संशाेधन गरेकाे स्राेतकाे भनाइ छ । यसअघि सिभिल इन्जिनियरले पनि प्रवन्ध निर्देशकमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियाे, तर अहिले त्याे प्रावधान हटाइएकाे छ । याे प्रावधानका कारण पनि तह ११ का वरिष्ट अधिकृतहरूले अावेदन गर्न पाएका थिएनन् ।