• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस, वरिष्ट अधिकृतहरू रूष्ट



काठमाडौं । दुरसंचार प्रदायक संस्था नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ । प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएकोमा डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस भएको हो ।

सिफारिसलाई मन्त्रिपरिषदमा लगिने र तीन जना मध्ये एक जनालाई छनोट गरेर प्रबन्ध निर्देशक नियुक्त गरिनेछ । कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि यो पद हाल रिक्त छ ।

टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । सचिव महेन्द्रमान गुरुङ संयोजकत्वको समतिले अधिकारी, पहाडी र आचार्यलाई छनोट गरेर सिफारिस गरेको सञ्चार मन्त्रालय स्रोतले बताएको छ ।

टेलिकम्युनिकेसन इन्जिनियर अधिकारी हाल १० तहमा छन् । उनी खुल्ला प्रतियाेगिताबाट १० तहमा बढुवा भएका थिए । उनीभन्दा संगीता पहाडी ४,५ वर्ष वरिष्ट रहेकाे टेलिकम स्राेतले जनाएकाे छ ।

तर, टेलिकममा ११ तहमा २० जनाभन्दा बढी संख्यामा प्रवन्धकहरू कार्यरत छन् । मन्त्रीकाे प्रत्यक्ष कृपा नहुने र परीक्षा प्रणाली देखावटी मात्र भएकाे भन्दै तह ११ का काेही पनि उच्च कर्मचारीले प्रवन्ध निर्देशकमा अावेदन गरेका छैनन् ।

मन्त्री बास्काेटाका अति निकट मानिएका र मन्त्रिकाे हरेक विदेश भ्रमणमा सँगै हिँडडुल गर्ने अधिकारी २०५७ मा सात तहमा सेवा प्रवेश गरेका हुन् । उनी अहिले एमडीकै कार्यकक्षमा प्राविधिक सल्लाहकारका रूपमा गत भदाैदेखि कार्यरत छन् ।

अझ, उनै अधिकारीका लागि मन्त्री बास्काेटाले प्रवन्ध निर्देशककाे याेग्यता संशाेधन गरेकाे स्राेतकाे भनाइ छ । यसअघि सिभिल इन्जिनियरले पनि प्रवन्ध निर्देशकमा प्रतिस्पर्धा गर्न पाउने प्रावधान थियाे, तर अहिले त्याे प्रावधान हटाइएकाे छ । याे प्रावधानका कारण पनि तह ११ का वरिष्ट अधिकृतहरूले अावेदन गर्न पाएका थिएनन् ।