६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

रामबहादुर बमजन “लिटल बुद्ध”को आश्रममा किन मारियो छापा ?

रामबहादुर बमजन “लिटल बुद्ध”को आश्रममा किन मारियो छापा ?
अ+ अ-

“लिटल बुद्ध”का नामले चिनिएका रामबहादुर बमजनको सिन्धुपाल्चोकस्थित आश्रममा छापा मारेर प्रहरीले सिलबन्दी गरेको छ।


जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीका अनुसार जिल्लास्थित प्रहरी कार्यालय र प्रहरी मुख्यालय काठमाडौँबाट आएका झन्डै ३० जना सम्मिलित प्रहरीको एउटा टोलीले सिन्धुपाल्चोकको बाडेगाउँस्थित आश्रममा अनुसन्धान गरिरहेका छन्।
आश्रममा गएका बमजनका अनुयायीहरू त्यहाँबाट नफर्किएको भन्ने विवरणसहित विभिन्न जिल्ला प्रहरी कार्यालयमा परेको मुद्दामा प्रहरीले छानबिन थालेको छ।


प्रहरीले आश्रममा भइरहेको अनुसन्धान नसकिएसम्म उक्त क्षेत्र सिलबन्दी गरेर काम कारबाही अघि बढाइएको जानकारी दिएको छ।

अनुमति


बमजनको आश्रममा छानबिन अघि बढाउन प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतबाट बिहीवार नै अनुमति लिइएको र विधिसम्मत रूपमा कारबाहीको प्रक्रिया चलाइएको जानकारी मरासिनीले दिएका छन्।


मरासिनीले भने, हामीले विभिन्न किसिमका अनुसन्धान प्रक्रिया एकैचोटि अगाडि बढाएका छौँ, विभिन्न किसिमका विवरण सार्वजनिक भएकाले अहिले हामीले अगाडि बढेको प्रक्रियाको निश्चित उद्देश्य के हो भनेर भन्न सकिने अवस्था भने छैन।


कानुनी प्रक्रिया पूरा गरेको र व्यवस्थित रूपमै सुरक्षा अधिकारीहरू परिचालित भएकाले आश्रममा बस्दै आएकाहरू र स्थानीय बासिन्दाले कुनै अवरोध नगरेको जानकारी उनले दिए।
हाल प्रहरीको एउटा टोली आश्रममा रहेको र आवश्यक परे थप टोली परिचालन हुने जानकारी मरासिनीले जानकारी दिए।


तर विभिन्न किसिमका गम्भीर आरोप लगाइएका बमजनविरुद्ध भने हालसम्म कुनै पनि किसिमको कारबाही थालिएको छैन।
बमजनविरुद्ध समाचार सार्वजनिक भएपछि बमजन आबद्ध संस्था बोधी श्रवण धर्म सङ्घले एक विज्ञप्ति निकालेर सञ्चारमाध्यममा उनीबारे आएका समाचारको खण्डन गरेको थियो। बीबीसी