• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

नगर र गाउँ कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि



हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ ।

बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।

अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।

बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्यविधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता  ढुङ्गेलले बताए ।