१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज न्यौपानेद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस युवानेता युवराज न्यौपानेले आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

काठमाडौंमा आइतबार बिहान पत्रकार भेटघाटको आयोजना गरी गोरखाबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा निर्वाचित न्यौपानेले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सभापति पदमा आफूले उम्मेदवारी घोषणा गरेका हुन् ।
 
न्यौपानेले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफूले चुनौती दिएको नभएर उनीहरु टेस्टेड भैसकेकाले पद होइन सम्मान दिनुपर्ने लक्ष्यसहित नेतृत्व परिवर्तनका लागि मात्रै आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका छन् ।

गोरखा आरुघाट गाउँपालिका ८ स्थायी ठेगाना भएका ४० वर्षीय न्यौपाने भिमोदय माध्यमिक विद्यालयबाट स्कुले शिक्षा प्राप्त गरेका थिए । उनले काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् भने  २०५८ देखि २०६० सम्म अध्यापन पेशामासमेत आबद्ध भएका थिए । 

उनले जनसम्पर्क समिति चीनको संस्थापक महामन्त्री (२०७३), नेविसंघ ल क्याम्पसको एकाइ सचिव, २०५७ मा गाउँ कमिटी सचिव रहेर काम गरिसकेका छन् । 

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुँदैछ । सभापतिमा शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङ लगायत नेताले उम्मेदवारी घोषणा गरेका छन् ।




भर्खरै