• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार

डिपिएलको खेलाडी ‘अक्सन’ आज




काठमाडाैं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो ।

यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् ।

अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने डिपिएलमा हरेक टोलीले दुई विदेशी खेलाडीसहित १५ खेलाडीलाई टोलीमा अनुबन्धन गर्न पाउने प्रवाधान छ ।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ ।

प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् ।

सहभागी टोलीमा चौराहा धनगढी, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

रोउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सबै टोलीमा दुई÷दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताका रुपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टिम चौराह धनगढीले जितेको थियो ।