२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

मह उत्पादन बढेसंँगै किसानको आम्दानी बढ्या



अ+ अ-

जाजरकोट: मौरीपालन व्यावसाय विस्तारसँगै जाजरकोट नलगाडका किसानको आर्थिक अवस्थास्थितिमा सुधार हुन थालेको छ । नलगाड नगरपालिकाको डाँडागाउँ, लह, खगेनकोटलगायत क्षेत्रमा व्यावसायिकरूपले मह उत्पादन हुने गरेको हो ।

उक्त नगरपालिकाले मौरीपालक किसानलाई सहयोग उपलब्ध गराएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष १५ प्रतिशतले मह उत्पादन बढेको किसानले बताएका छन् । वन विनास तथा अतिक्रमण, जलवायु परिवर्तन, चरण क्षेत्र अभाव र समयमा चिउरी नफुलेका कारण गत वर्ष मह उत्पादन घटेको थियो । यस वर्ष भने महको उत्पादन बढेको नलगाड कृषि शाखा प्रमुख महेशकुमार विष्टले बताउनुभयो । गत वर्ष नलगाडमा मात्रै आठ हजार किलोग्राम मह उत्पादन भएको उहाँको भनाइ थियो ।

गत वर्ष जाजरकोटमा २० मेट्रिक टन मह उत्पादन भएको थियो । यहाँका २५० भन्दा बढी मौरीपालक किसान मह उत्पादन बढेसँगै आम्दानी वृद्धि भएपछि खुशी भएको डाँडागाउँका लेखबहादुर खड्काले बताउनुभयो ।

प्राङ्गारिक महका लागि सबैभन्दा उत्तम आहारा चिउरी हो । माग धेरै भएका कारण महको मूल्य पनि आकाशिएको छ । विगतमा प्रतिकिलो ५०० पर्ने मह अहिले ७०० पुगेको किसानले बताएका छन् । डाँडागाउँका रणबहादुर खत्रीले भन्नुभयो, “महको माग बढी छ, मह उत्पादन घट्नुभन्दा पनि मौरी जोगाउनै समस्या छ ।” मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको नलगाड–२ कलपतका मौरीपालक किसानलाई नगरपालिकाले सहयोग गरेपछि उनीहरू उत्साहित भएका हुन् । प्राङ्गारिक महको माग बढेकाले अहिले व्यापारी किसानको घरमै मह खरीद गर्न पुग्ने गरेका छन् ।

उक्त नगरपालिकाभित्र मह उत्पादन हुने ठाउँमा यातायातको सुविधा भएकाले किसानलाई व्यापार गर्न सहज भएको छ । शुरुमा परम्परागत घारबाट मह उत्पादन गरेका यहाँका किसान अहिले आधुनिक घारको प्रयोग गरी मौरीपालन व्यावसाय गर्न थालेका छन् ।

उक्त नगरपालिकामा चार हजार मौरीघार छन् भने जिल्लाभर छ हजार घार रहेको बताइएको छ । मौरीपालक किसान अहिले यहाँको चिउरीको रुख संरक्षणमा लागेका छन् । वन मासिँदै जाँदा मौरीपालन व्यवसाय सङ्कटमा पर्ने भन्दै उनीहरुले चिउरी संरक्षणमा लागेका हुन् ।