१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः दाङको सभापतिमा डाँगी



अ+ अ-

दाङ । दाङ कांग्रेसको सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् । 

कोइराला–पौडेल पक्षका डाँगी अन्य तीनजनालाई पछि पार्दै जिल्ला सभापतिमा चयन भएका हुन् ।

शनिबार भएको निर्वाचनमा डाँगीले ७७६ मत ल्याए । उनका प्रतिस्पर्धीहरु भूपबहादुर डाँगीले ५४५, जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत पाएका थिए । 

प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आइतबार पुनः निर्वाचन हुने तयारी भए पनि सहमति पश्चात् शंकर जिल्ला सभापति निर्वाचित भएका हुन् ।

जिल्लामा दुई हजार १९२ मतदाता रहेकामा शनिबार भएको मतदानमा दुई हजार १३८ मत खसेको थियो ।

यसैबीच नेपाली कांग्रेस दाङको उपसभापतिमा गिरीराज सुवेदीले ९१३ मत र कमानसिंह भारती ८६६ मत प्राप्त गरी विजयी भए । 

त्यस्तै सचिवमा बालिका लम्साल र अर्जुनकुमार योगी, सहसचिवमा  राजु आचार्य र सुबोधकुमार डाँगी विजयी भएका छन्  ।