• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड ★   रास्वपा महामन्त्री ढकालको समीक्षा प्रतिवेदन सार्वजनिक–पूर्णपाठसहित ★   गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो ★   केमोथेरापीअघि कपाल त्याग गर्दै हिना खानले भनिन्: म जित्ने आँट गर्दैछु

आठ परियोजना एकैसाथ अघि बढ्ने



गोदावरी । गोदावरी नगरपालिकाले एकैसाथ अघि बढाएका नौ परियोजनामध्येका आठ परियोजना एकैसाथ अघि बढ्ने भएका छन् । गोदावरीलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न एकैसाथ अघि बढाइएका नौ परियोजनामध्ये एकको काम धमाधम अघि बढ्दा बाँकी आठको काम फूल्चोकी एकीकृत विकास कार्यक्रमले जिल्ला वन कार्यालयसँग वातावरणीय प्रभावको मापदण्ड पूरा गर्नुपर्ने प्रक्रिया अन्तिम चरणमा रहेकाले केही समयपछि शुरु गर्ने भएको छ ।

कार्यक्रमका प्रमुख डा अष्टमान किसी महर्जनले भन्नुभयो, “ वातावरणीय प्रभाव न्यूनीकरणको विश्लेषण अध्ययन अन्तिम चरणमा पुगेको छ, वन क्षेत्रमा पर्ने प्रभावको अध्ययन समाप्ति भएसँगै हामी आठ वटा परियोजना एकैसाथ अघि बढाउने छौँ ।”

फूल्चोकीको वन ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पच्चीस हेक्टर क्षेत्रफलमा उक्त आठ योजना सञ्चालन हुनेछ । तीन हेक्टर जमीनमा नौधारा मन्दिर अगाडि सांस्कृतिक सङ्ग्रहालय तथा बालउद्यान निर्माण, छ हेक्टरमा गोदावरी फूल्चोकी केबुलकार, दुई हेक्टरमा देउराली डाँडामा शहीद उद्यान, पाँच हेक्टरमा होटल तथा रिसोर्ट र तीन हेक्टर, बुद्धस्तूपा, दुई हेक्टरमा प्याराग्लाइडिङ निर्माण, दुई हेक्टरमा चापाखर्क र लाखेडाँडामा गुम्बा निर्माण र दुई हेक्टरमा दृश्यावलोकनस्तम्भका लागि जमीन प्रयोग हुने महर्जनले जानकारी दिनुभयो ।

कार्यक्रमले गोदावरीको फूल्चोकीमा नौ योजना सम्पन्न गर्दा कूल दुई अर्ब अष्ट्रेलियन डलर खर्च हुने अनुमान गरेको छ । “फूल्चोकीमा होटल तथा रिसोर्ट निर्माणमा फूल्चोकी एकीकृत विकास कार्यक्रमले रु २५ लाख, बालोद्यान र त्यहाँको व्यवस्थामा रु दुई लाख, तीन स्थानमा दृश्यावलोकनस्तम्भमा रु दुई लाख, पर्यटक प्रतीक्षालयमा रु पाँच लाख, सांस्कृतिक सङ्ग्रहालय निर्माणमा रु पाँच लाख, स्तूपमा रु पाँच लाख, पानी वितरणमा रु तीन लाख, पर्यटक सूचना केन्द्रमा रु दुई लाख र फूल्चोकीमा यातायात सञ्चालन गराउन रु तीन लाख अष्ट्रेलियन डलर खर्च हुनेछ ।”

नौ परियोजना निर्माण सम्पन्न गर्न नेपाल, अष्ट्रेलिया र चीन सरकार तथा गोदावरी नगरपालिका र गोदावरीको पर्यावरण मञ्चको कोषमा रहेको रकम खर्च हुने महर्जनले जानकारी दिनुभयो ।
रासस