२२ भाद्र २०८३, सोमबार
,
Latest
ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिका भावनाको कदर गरौँ नभए चुनावमा जाऔँ– योगेश भट्टराई



अ+ अ-

चितवन । नेकपा एमालेका नेता योगेश भट्टराईले नेतृत्वले प्रतिनिधिको भावनाको कदर गर्न नसके निर्वाचनामा जानुपर्ने बताउनुभएको छ । एमालेको महाधिवेशनका सन्दर्भमा उहाँले महाधिवेशनमा सहभागी प्रतिनिधिको भावनाको कदर गरी सर्वसम्मत नेतृत्व चुनाव गर्दा राम्रो हुने बताउनुभयो । सर्वसम्मत नभए चुनाव विकल्प भएको उहाँको भनाइ थियो । 

नेताहरु चुन्ने अवसर प्रतिनिधिलाई दिएको भए राम्रो हुने थियो भन्दै भट्टराईले भन्नुभयो, “अब नेतृत्वले नै जिम्मा लिएपछि प्रतिनिधिको पनि भावनाको कदर गर्न सक्नुपर्छ ।” सम्भव भएसम्म आफूहरु सर्वसम्मत नेतृत्व चयन होस् भन्नेमा लागेको भन्दै उहाँले अध्यक्षका प्रत्याशी भीम रावलसँग पनि छलफल गरेर सहमति खोज्दा राम्रो हुने बताउनुभयो ।

चितवनमा जारी एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै नेताहरुसँग छुट्टाछुट्टै परामर्श गरिरहनुभएको छ । उहाँलाई हिजोको बन्द सत्रले नेतृत्व चयन गर्न सर्वाधिकार दिएको थियो ।