• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

बृद्धबृद्धाहरुलाई सम्पूर्ण साथ र सहयोग रहन्छ: मेयर श्रेष्ठ



काठमाडौं । महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठले बृद्धबृद्धाहरुलाई आफ्नो तर्फबाट सम्पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बेवारिसे लाश व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले यस्तो बताएका हुन् ।
‘बाआमा घर’ निर्माणको लागि अघि सरेका यूवाहरुलाई धन्यवाद दिँदै मेयर श्रेष्ठले सन्तानहरुले बा–आमाको सम्पत्तिको हक राख्नेमात्रै नभई उनीहरुलाई श्रद्धा गर्नुपर्ने कुरा भुल्नु नहुने धारणा राखे ।
उनले भने,‘आफ्नो दायित्वलाई असल तरिकाले निर्वाह गर्नुपर्छ, हाम्रो नगरलेमात्रै होईन अन्य नगरपालिकाले पनि बृद्धाहरुको बारेमा खेल्नुपर्ने भूमिका खेल्छ, प्रत्येक आर्थिक वर्षमा बृद्धहरुको लागि आवश्यकीय आधारभुत कुराहरु पूरा गर्नको लागि बजेट छुट्याउने गरेका छौं, यो दायित्व सरकारको पनि हो ।’
बृद्धा आश्रमहरुमा आमालाई राखेर विलाषी जीवन बाँचेका मानिसहरुले पूर्वीय संस्कृति र मान्यतालाई भुलेर आफ्नो जन्मदिने भगवानसरी बाआमालाई आश्रय दिनुको साटो आश्रममा पुर्याउने काम गरिरहेको उनले गुनासो पोखे ।
बेवारिसे लाश व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले हालै प्रदर्शनमा आएको चलचित्र ‘अुनराग’ बाट उठेको पैसा बाआमा घर निर्माण र बेवारिसे लाशहरुको व्यवस्थापन गर्नको लागि सहयोग गर्ने बताए ।
उनले भने,‘विनयजीको काम प्रशंसनीय छ, समाजमा यस्ता मानिसहरु कम छन्, नेपाल सरकारले गर्नुपर्ने काम आँफैले गर्नुभएको छ, यस अभियानमा रिपोर्टर्स क्लब नेपाल साथमा रहने विश्वास दिलाउन चाहन्छु, जन्मदिने बाआमाहरुलाई सम्माजनक तरिकाले स्याहार गर्नु सन्तानको कर्तव्य हो, त्यो सम्झाउने काम बस्नेतजीले गर्नुभएको छ।’
समाजसेवी दिलशोभा श्रेष्ठले ‘बाआमा घर’ निमार्णमा आफ्नो सक्दो सहयोग तथा सहकार्य रहने वचन दिएकी छिन् ।
‘आमाघर आश्रम’ की सञ्चालिका श्रेष्ठले भनिन्,‘मरेपछि मानिसलाई के चाहिन्छ ? निधन भइसकेपछि सबै सकियो, जिवित हुँदासम्म आफु यस धर्तीमा उभ्याउने बाआमाको सुरक्षा गर्नु, स्याहार गर्नु, माया गरेर पाल्नु सन्तानको कतव्र्य हो, मरेपछि श्रद्धाञ्जली लेख्नुको कुनै अर्थ रहँदैन, जिवित हुँदासम्म श्रद्धा गर्नु पहिलो कुरा हो, आमा–बाबालाई आश्रममा होइन, आश्रय दिएर राख्नुपर्छ ।’
केन्द्रका अध्यक्ष बस्नेतले एक सय ४३ बेवारिसे लासको हिन्दुपरम्पराबाट अन्त्येष्टि गरेको बताए । उनले भने,‘मैले विगत चारवर्षदेखि यो काम गर्दै आएको छु, आजका दिनसम्म एकसय ४३ वटा बेवारिसे लाशहरुको अन्त्येष्टि गरेको छु, अझैपनि यो कार्य जारी छ, हामीले यो सेवा गरेर खुशी भएका छैनौं, समाज कता जाँदैछ भन्ने पिर छ, आफूलाई जन्मदिने बाआमालाई सडकमा छोडेर हिँड्ने सन्तानहरुले गर्दा आजको दिन देख्नुपरेको हो, आफ्नो कर्तव्य आफैँ पालना गर्नुपर्छ ।’
उनले अघि थपे, ‘तथापी हाम्रो संस्थाको २३ जिल्लामा शाखा विस्तार गरेर बेसहारा बनेका बाआमालाई उद्धार गरेर उचित व्यवस्थापन गर्ने र बेवारिसे बेसाहाराहलाई आश्रयस्थलको निर्माण गर्ने अभियानमा जुटेका छौं, यसमा साथदिन सबैलाई आग्रह गर्दछु ।’
कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य निर्मला खड्का, राष्ट्रिय संगीतकर्मी संघ नेपालका अध्यक्ष राजेन्द्र कुमार कार्की, बाआमा घर आश्रमका संयोजक गंगाराम रिजाल, ललिता खनियाँलगायतले आ–आफ्ना धारणा राखेका थिए ।