२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा बर्खास्त, अनुसन्धान प्रमुख दिलिपराज रेग्मी हटाइए



अ+ अ-

काठमाडौं । अष्ट्रेलियाका लागि विवादास्पद नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको मन्त्रिपरिषद स्राेतले जनाएकाे छ ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग उहाँका निजी चालकसँग भएकाे लेनदेन विवादका विषयमा स्पष्टीकरण सोधेको थियो । साथै उहाँमाथि मानव बेचबिखनमा संलग्न रहेकाे र कतिपय मानिसलाइ अस्ट्रेलिया र अमेरिका लगिदिने भन्दै पैसा उठाएकाे अाराेप छ । यद्यपी शेर्पाले उक्त भनाइकाे खण्डन गर्नुभएकाे छ ।

बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई हटाएको छ । मन्त्रिपरिषदले रेग्मीकाे स्थानमा गणेश अधिकारीलार्इ नियुक्त गरेकाे बताइएकाे छ ।




भर्खरै